Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • भारतीय नागरिकहरु सुन तस्करीमा सक्रिय, आज पनि २ किलो सुनसहित २ जना पक्राउ

    भारतीय नागरिकहरु सुन तस्करीमा सक्रिय, आज पनि २ किलो सुनसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २१ पुष २०७६
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी बढ्दै गएको छ ।

    मंगलबार आधा किलो सुनसहित भारतीयन नागरिक हरिराम नेपाली पक्राउ परेका थिए ।



    आज पनि २ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल रहेका छन् ।

    उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएको प्रहरहीले जनाएको छ । युएईको शारजाहबाट काठमाडौं आएका नविन र सुरेशलालको साथबाट १÷१ किलो सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएको हो।

    मलद्वारमा निलो प्लास्टिकले बेरेर ल्याएको अवस्थामा सुन भेटिएको प्रहरीले जनाएको छ।

    मेटल डिटेक्टरले पनि पत्ता नलागेपछि काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्दा सुन रहेको खुलेको थियो ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार