Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • किन पार्टीप्रति सन्तुष्ट छैनन् अध्यक्ष दाहाल ?

    किन पार्टीप्रति सन्तुष्ट छैनन् अध्यक्ष दाहाल ?

    अनलाइन नेपाल
  • बिहिबार, २४ पुष २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आफ्नै पार्टीप्रति सन्तुष्ट छैनन् ।

    हिजो चितवन पुगेर पार्टीभित्र क्यान्सरको लक्षण देखा परेको भन्दै पार्टीका गतिविधिहरुप्रति असन्तोष प्रकट अध्यक्ष दाहालले आज पनि धनगढिमा असन्तुष्टि पोखे ।



    शुक्रबार धनगढीमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सत्तामा गएपछि फेरिने कम्युनिस्ट पार्टीहरु पुरानै रोग भएको बताए।

    उनले भने–‘सत्तामा नजाँदासम्म कम्म्युनिस्ट पार्टीका नेता असाध्यै राम्रा, जति दुःख पाएपनि भूमिगत बस्ने, जनताको घरमा जाने, जनता जस्तै हुन्छन् । कम्युनिस्टहरु सत्तामा गएपछि सुटेडबुटेड, चिल्ला गाडी।’ उनले हाँस्दै ‘चढ्न पनि पर्‍यो’ पनि भनेका थिए ।

    सत्तामा पुगेपछि कम्युनिस्टहरुले पनि अब हाम्रो पालो भनेर पद, प्रतिष्ठा पैसा खोज्नतिर लाग्ने र आफैं पतन भएर गएको इतिहास रहेको पनि उनले स्मरण गरे ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

    कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मन्त्रिपरिषद्‌का सदस्यहरु हेरफेर गर्ने विषयमा कुनै छलफल नभएको बताए । मन्त्री हेरफेर प्रधानमन्त्रीको अधिकार भएकाले मन्त्री हेरफेर हुने चर्चा हल्लामात्र भएको दाबी गरे ।

    यद्यपी दाहालले मन्त्रिपरिषद् पुनर्गठनबारे आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लागेको बताए । उनले भने–‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । किनकी यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो । उहाँले जे सोच्नुहुन्छ, त्यही हुन्छ ।’

    दाहाल सुदूरपश्चिममा नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन धनगढी पुगेका हुन् ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार