Online Nepal
  • शनिबार, १० साउन २०८२
  • सुपर कपको उपाधि रियलको पोल्टामा

    सुपर कपको उपाधि रियलको पोल्टामा

    अनलाइन नेपाल
  • सोमबार, २८ पुष २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले ट्रफी उचालेको हो ।

    निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । जसमा रियल ४–१ ले विजयी भयो ।



    साउदी अरेबियाको किङ् अब्दुल्लाह सिटीमा भएको फाइनलमा रियलका लागि पेनाल्टी सुटआउटमा डानी कार्भाहल, लुका मोडरिच, रोड्रिगो र कप्तान सर्गियो रामोसले गोल गरे ।

    एट्लेटिकोका लागि तेस्रो नम्बरमा पेनाल्टी हानेका किरण ट्रिपिएरले मात्र गोल गरे। त्यसअघि पेनाल्टी प्रहार गरेका सउल निगेज र थोमसले गोल गर्न सकेनन् ।

    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार