Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • अबुधाबी बस दुर्घटनामा ३ नेपालीको मृत्यु, १४ घाइते

    अबुधाबी बस दुर्घटनामा ३ नेपालीको मृत्यु, १४ घाइते

    अनलाइन नेपाल
  • सोमबार, १३ माघ २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ भने दुर्घटनामा १४ नेपाली घाइते भएका छन् ।

    एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा गुडिरहेको लरीमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । जसमध्ये ३ जना नेपाली र ३ जना अन्य देशका रहेको खुलेको छ ।



    दुर्घटनामा परी मृत्यु हुने नेपालीहरुमा ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र ठेगाना नखुलेको अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

    त्यसैगरी दुर्घटनामा परी घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ, मुना राई, इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली रहेका छन् ।

    त्यस्तै दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन।

    मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ।

    बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ । दुर्घटनाको खबरपाएपछि आबुधाबीस्थित नेपाली दूतावासका प्रतिनिधी कामदार उपचाररत अस्पताल पुगेका थिए ।

    दूतावासका तर्फबाट राजदुत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पिआरओ) इरफान आलम अस्पताल पुगेका हुन् ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार