Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • क्यासिनो रोयलमा नाकाबन्दी

    क्यासिनो रोयलमा नाकाबन्दी

    अनलाइन नेपाल
  • बुधबार, १४ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । बर्षौदेखि अन्तरिम आदेशकै भरमा चल्दै आएको क्यासिनो रोयलका ६ सय मजदुरलाई होटल याक एण्ड यति र बेल्लिज क्यासिनोका सञ्चालक बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठको मिलेमतोमा निष्कासन गर्न लागेपछि क्यासिनो रोयलमा आतंक मच्चिएको छ ।

    गिल्ट इन्भेष्टमेन्ट प्रालिद्वारा सञ्चालित क्यासिनो रोयलमा २७ बर्षदेखि कार्यरत मजदूरहरूलाई श्रम ऐन विपरित निष्कासन गरेर बाबाले अवैध रुपमा क्यासिनो सञ्चालन गर्न लागेको स्रोतको दावी छ । ६ सय जना मजदूरहरूले पाउनुपर्ने २५ करोड भन्दा बढि रुपैयाँ नतिरी बाबाले क्यासिनो रोयल प्रशासनको आडमा एकलौटी रुपमा कब्जा गर्न सेभेन स्टारका बाउन्सरहरुलाई अहिले गेटमा तैनाथ गरेर कसैलाई प्रवेश गर्न दिएका छैनन् ।



    मजदुरहरूलाई विना सुविधा निष्कासन गर्न याक एण्ड यति होटलका सञ्चालक राधेश्याम सर्राफ र अरुण सर्राफ नै बाबासँग मिलेमतो गरिरहेका छन् । गिल्ट इन्भेष्टमेन्टतर्फबाट क्यासिनो रोयल सञ्चालन गरिरहेका गोकर्ण लामिछाने मजदूरहरूको सम्पर्कमा आएपछि पनि बाबाको समूहले क्यासिनोमा ग्राहकलाई प्रवेश गर्न नदिएको मजदुरहरुको आरोप छ । होटल याक एण्ड यतिले क्यासिनो बेल्लिजका सञ्चालक बाबासँग मिलेर क्यासिनो परिसरमा गुण्डाहरूको समूहलाई परिचालन गरी मजदूरहरूलाई आतंकित बनाएको ति मजदुरले बताए ।



    सन् २०१० फ्रेबुअरी ६ देखि गिल्ट इन्भेष्टमेन्टको मातहतमा रही करिब दस बर्ष काम गरेका मजदुरहरुलाई अन्यायपूर्ण तरिकाले निष्कासन गर्नका लागि सर्राफ बाबुछोरा नै लागेपछि मजदुरहरुले श्रम तथा रोजगार कार्यालयमा उजुरी हालेका छन् ।

    उनीहरुले रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा ब्यवसायजन्य स्वास्थ्य विभाग, सामजिक सुरक्षाकोष, होटल याक एण्ड यति, गिल्ट इन्भेष्टमेन्ट प्रालि, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन मन्त्रालय र पर्यटन विभागमा समेत उजुरी हालेका छन् ।

    स्रोतका अनुसार क्यासिनो रोयलमा भारतीय मुलका मलेसियन नागरिक मोहम्मद जावेदको समूहले सबै मजदुरको पैसा तिरेर क्यासिनो सञ्चालन गर्न प्रस्ताव गरेपनि बाबाको आतंकका कारण उक्त समूहलाई पनि क्यासिनोमा ‘इन्ट्री’ गराउन सक्ने अवस्था देखिएको छैन । प्रहरीसँग सेटिङ गरी मजुदरहरुको २५ करोड पैसामा खेलवाड गरिरहेका बाबाले क्यासिनोलाई निरन्तरता दिन खोजिरहेका गोकर्ण लामिछानेलाई समेत अप्ठेरो बनाइरहेका छन् ।

    लामिछाने पछिल्लो समय मजदुरहरुको पक्षमा उभिएपछि बाबाले प्रहरीसँग सेटिङ मिलाई क्यासिनो सञ्चालन गर्न नदिएको मजदुरहरुको भनाई छ । अबैध रुपमा बेल्लिज क्यासिनो सञ्चालन गरिरहेका बाबाविरुद्ध सम्पत्ति सुद्दिकरण विभागदेखि प्रहरीका विभिन्न निकायमा उजुरी परेपनि उनीमाथि कुनै छानविन हुन सकेको छैन । बाबाले श्रीलंकाबाट अवैधरुपमा ५० करोड भन्दा बढि रकम भित्र्याएर बेल्लिज क्यासिनो सञ्चालन गरिरहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार