Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रतिवद्धताहरू पूरा भए त ?

    प्रतिवद्धताहरू पूरा भए त ?

    अनलाइन नेपाल
  • बुधबार, १४ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुई वर्षको समयावधीलाई उत्कृष्ठ भनेर दाबी गरेका छन् । ओलीले सरकारले अहिलेसम्म धेरै राम्रा काम गरेको पनि बताएका छन् । सरकारका राम्रा कामको प्रशंसा गर्न र समाचार लेख्न पत्रकारका हातहरू काम्दै आएको ओलीको आरोप छ ।

    राजनीतिक दल र नेताहरूलाई च्याप्दै आएका ओली पत्रकारहरूसँग भने धेरै नै संकटमा छन् । ओली सरकारका हरेक गतिविधिको पत्रकारहरूले निडर भएर समाचार लेख्ने गरेका छन् । ओलीले राम्रो काम गरेको जति नै दाबी गरे पनि पत्रकारहरूले पत्याएका छैनन् । सत्य तथ्य समाचार लेखेर जनतालाई सु–सचित गराउँदै आएका पत्रकारहरूलाई ओलीले दैनिक सरह गाली गर्दै आएका छन् । यसरी पत्रकारलाई गाली गर्नु भनेको सरकारले उचित काम गरेको छैन भन्ने नै हो ।



    ओलीले आफ्नो सरकार दुई वर्ष टिक्नु नै उपलब्धीका रुपमा ब्याख्या गरेका छन् । अमलेखगञ्ज–रक्सौल पाइपलाइनलाई पनि ओलीले उपलब्धी भनेका छन् । मुलुक लोडसेडिङमुक्त भएको पनि दाबी ओलीको छ । तर, ओली प्रधानमन्त्री हुनुभन्दा अगाडि शुरु भएका यी योजनाहरू पूरा हुने चरणमा थिए । त्यसलाई उपलब्धी ठान्ने ओलीले सक्किन थालेको मेलम्चीलाई भने केही भनेका छैनन् । यती समूहलाई कौडीको भाउमा दिइएको सरकारी जग्गाका विषयमा पनि ओलीले उपलब्धी भनेका छन् ।



    ओली सरकारका यस्ता दाबीलाई नेपाली कांग्रेसले अस्वीकार गर्दै आएको छ । वर्तमान सरकारले नेकपाले निर्वाचनमा गरेका चुनावी प्रतिवद्धताहरू पूरा गर्न सकेको छैन । बेरोजगारीको अन्त्य भएको ओलीको दाबी छ । तर, दैनिक एकदेखि पाँच हजारसम्म युवाहरू विदेशिन बाध्य छन् । सडकहरूको अवस्था उस्तै छ । दुर्गमका जिल्लामा गरिव जनताले खान पाएका छैनन् । शहरमा पनि गरिवीको अवस्था उस्तै छ । धुलो र धुँवाको समस्या बढिरहेकै छ । काठमाडौंमा सडकहरू मर्मत भएका छैनन्

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार