Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • माधव वाग्लेको ‘पारस’मा अनमोल अनुबन्धित

    माधव वाग्लेको ‘पारस’मा अनमोल अनुबन्धित

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 3.8K
    SHARES

    काठमाडौं । माधव वाग्लेको निर्देशनमा निर्माण हुने चलचित्र ‘पारस’मा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन् । चलचित्रमा अनमोल भित्रिएसँगै उनको जोडी कोसँग बाधिन्छ भन्ने चर्चा सुरु भएको छ ।

    केहीदिन पहिलो अनमोलको होम प्रोडक्सनमा निर्माण हुने सिनेमा ‘एन्टी हिरो’मा जसिता फाइनल भएकी थिइन् । अब ‘एन्टी हिरो’ भन्दा अगाडी ‘पारस’ बन्ने भएसँगै अभिनेत्रीमा जसिताको नाम चर्चामा छ ।



    यस विषयमा अहिलेसम्म निर्माण टिमले कुनैपनि जानकारी बाहिर ल्याएको छैन् । तर, श्रोतले दिएको जानकारीलाई आधार मान्ने हो भने ‘पासर’मा अनमोलको जोडी जसिता नै हुने लगभग पक्का जस्तै छ ।



    अनमोलले केही दिनमा झरना थापाको निर्देशनमा निर्माण हुने सिनेमा ‘ए मेरो हजुर ४’को छायाँकन सुरु गर्दैछन् । भने, बैशाखको दोस्रो साताबाट माधव वाग्लेको निर्देशनमा निर्माण हुने सिनेमा ‘पारस’को छायाँकन सुरु गर्नेछन् । श्रोतका अनुसार ‘पारस’ आगामी वर्षको दशैंको फुलपातीमा रिलिज हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार