Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गर्लफ्रेण्ड जुराइदिनेलाई ३० करोड पुरस्कार

    गर्लफ्रेण्ड जुराइदिनेलाई ३० करोड पुरस्कार

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । अमेरिकाका एक धनाढ्य व्यवसायी अहिले गर्लफ्रेण्डको खोजीमा छन् । त्यसका लागि उनले एउटा डेटिङ वेबसाइट पनि सुरु गरेका छन् ।

    गर्लफ्रेण्डको खोजीका लागि सुरु गरेको वेबसाइटमा उनले पुरस्कार राशीको घोषणा पनि गरेका छन् । जसले उनका लागि गर्लफ्रेण्ड खोजिदिन्छ उसले २५ हजार डलर अर्थात् झण्डै ३० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।



    गर्लफ्रेण्डको खोजीमा रहेका ती धनाढ्यको नाम हो जेफ गेबहार्ट । परम्परागत डेटिङबाट उनी थाकिसकेका छन् भने अनलाइन डेटिङमा पनि उनको मन छैन । उनी अहिले यस्ती प्रेमिकाको खोजीमा छन् जसले उनका हरेक राम्रा तथा नराम्रा पक्षहरू स्वीकार गरी प्रेम गरुन् । त्यसका लागि उनले आफ्नै वेबसाइटसँगै पुरस्कार राशीको पनि घोषणा गरेर प्रेमिका खोजी अभियान सुरु गरेका छन् ।



    आफू निकै सपोर्टिभ हुनुका साथै खुल्ला मनयुक्त रहेको अनि दयालु र हँसीमजाक गरिरहनुपर्ने खालको मानिस रहेको उनी दाबी गर्दछन् । आफ्नो लाइफ पार्टनर पनि आफूजस्तै हुनेछ भन्ने विश्वास उनलाई छ ।

    आफ्नो हुनेवाला पार्टनर आत्मविश्वासी तथा मस्ती मजाक गर्नेवाला हुनुपर्ने शर्त उनको छ । आफूसँग सजिलै जीवन बिताउन सक्ने र उनको रुचिको ख्याल गर्दै हाँसीखुसी आफ्नो जीण्वन बिताउन सक्ने खालको प्रेमिका उनले खोजेका छन् ।

    यद्यपि, जेफको अनलाइनमा गएर प्रेमिकाको लागि आवेदन गर्न सजिलो भने छैन । यसका लागि एउटा अनलाइन सर्भे नै पूरा गर्नुपर्दछ ।

    उनको वेबसाइमा भर्नुपर्ने अनलाइन सर्भेक्षणको डिजाइन एक क्लिनिकल मनोवैज्ञानिकले गरेका हुन् । त्यसैले त्यसरी सर्भेक्षणमा भाग लिएका आवेदक केटीहरूको जवाफहरू हेर्दैमा उनले ती केटीहरू आफ्नो लागि मिल्दो जोडी बन्न सक्दछन् कि सक्दैनन् रु भन्ने कुरा सहजै पत्ता लगाउन सक्दछन् । यदि मिल्नेजस्तो देखियो भने मात्र प्रक्रिया अघि बढ्नेछ । –
    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार