Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। रुपन्देही दुधराक्ष गाविस वडा नं. ०५ घर भई हाल काठमाडौँ तारकेश्वर १९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पुर्णिमा श्रीष पक्राउ परेकी हुन्।

    उनी वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा (प्याकिङ फुड) कामको लागि आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई विभिन्न मितिमा ३ जना व्यक्तिहरुबाट ३८ लाल ५० हजार लिई सम्पर्क विहीन भएकी थिइन्।



    पीडित शिर बहादुर थापा समेतले महानगरीय अपराध महाशाखामा दिएको उजुरीको आधारमा पूर्णीमा पक्राउ परेकी हुन्। महाशाखाबाट खटिएको प्रहरी टोलीले पुर्णिमालाई खोज तलास गर्ने क्रममा बुधबार पक्राउ गरेको हो।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार