Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

    डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    काठमाडौं । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ थपेर विकास कर १० रुपैयाँ बनाएको छ। बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

    सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका खतिवडाका अनुसार गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो ।



    बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैया कर लगाउन थालेको थियो । अहिले आएर सो कर रु ५ थपेर रु १० पुर्‍याइएको हो ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार