Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जनार्दनले तेर्साए प्रधानमन्त्री र रक्षामन्त्रीमाथि गम्भीर प्रश्नः श्वेतपत्र हो की अश्वेतपत्र?

    जनार्दनले तेर्साए प्रधानमन्त्री र रक्षामन्त्रीमाथि गम्भीर प्रश्नः श्वेतपत्र हो की अश्वेतपत्र?

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल ट्रस्टको सम्पत्तिबारे ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको श्वेतपत्रको विश्वसनीयतामा प्रश्न उठेको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले श्वेतपत्रमा झूटा विवरण रहेको बताए।

    सांसद शर्माले बदनियतपुर्न रुपमा आफ्नो नाम श्वेतपत्रमा राखेको भन्दै सरकारको आलोचना गरेका छन्। उनले विश्वासको संकट पैदा भएको समेत स्पष्ट पारे। आफुले नगरेको काममा आफ्नो नाम जोडेर बदनाम गरिएको भन्दै उनले प्रधानमन्त्री केपी ओली तथा प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले जवाफ दिनु पर्ने बताए।



    नेपाल ट्रष्टको नाममा रहेका जग्गाहरु विभिन्न समूहलाई भाडामा दिने सम्बन्धमा आफ्नो संलग्नता रहेको भन्दै सरकारले श्वेतपत्र नै जारी गरेकोप्रति शर्माको आपत्ति थियो ।  ‘सरकारले दुई दिन अघि श्वेतपत्र जारी ग¥यो, श्वेतपत्र भनेको के हो मलाई थाहा छैन,’ उनले भने, ‘सायद कुनै विषयमा जस्ताको तस्तै कुरा जनताका सामु ल्याउनका लागि श्वेतपत्र जारी हुन्छ होला भन्ने मैले बुझेको थिएँ ।’



    श्वेतपत्रमा आफ्नो नामसमेत मुछिएको मिडियाबाट थाहा पाएपछि वास्तविकता बुझ्नका लागि आफू नेपाल ट्रस्टको कार्यालयसमेत पुगेको उनले जानकारी दिए । ट्रस्टको कार्यालयमा गएर आफूले लिखित निवेदन दिदैँ माइन्युटमा लेखिएको विवरण मागेको उनको भनाइ थियो । ‘माइन्युटमा लेखिएको तथ्य कुरा हेर्न चाहेँ । मैले निवेदन दिएँ । तर मलाई त्यो दिइएन,’ उनले भने, ‘ताल्चा लागेको छ, खोल्न मिल्दैन भनियो ।’

    आफूले त्यहाँका कर्मचारीसँग श्वेतपत्रका विवरणबारे सोधखोज गरेको पनि उनले जनाए । ‘हैन, हामीले त हजुरको नाउँ छैन, उहाँले मिटिङ गर्नु भएको छैन, उहाँको पालामा कुनै निर्णय भएको छैन भनेर भनेका हौँ’ भन्ने जवाफ कर्मचारीहरुले दिएको पनि उनले सुनाए । पूर्वमन्त्री शर्माले भने, ‘मैले मुख्यसचिवसँग पनि सोधेँ । अहिलेको मुख्य सचिव म गृहमन्त्री हुँदा गृह सचिव हुनुहुन्थ्यो । मैले उहाँलाई पनि मेरो नाम कसरी लेखियो भनेर सोधेँ ।’

    गृहसचिव भएका नाताले त्यतिबेला केही निर्णय गराउनु भयो कि, मैले थाहा नपाएर हस्ताक्षर पो गरेँ कि भनेर आफूले मुख्यसचिवसँग सोधेको उनले बताए । ‘हैन हजुर यो विवरण नै झुटा हो, विल्कुलै झुटा हो, हजुरको पालामा पनि भएन, अरु सम्माननीयको पालामा पनि भएन भनेर उहाँले भन्नु भयो,’ शर्माले भने, ‘अनि म आश्यचर्यमा परेँ । यो श्वेतपत्र हो कि अश्वेतपत्र हो ?’

    शर्माले श्वेतपत्रको विवरण झुठो भएको तथ्य खुलासा गर्दै अगाडि भने, ‘२०७४ कातिक १३ गते निर्णय भएको भनेर मेरो नाम जोडिएको छ । म असोज ३० गतेबाट गृहमन्त्रीको जिम्मेवारीबाट हटेको थिएँ। असोज ३० देखि मलाई विना विभागीय जिम्मेवारीमा पठाइएको छ र म गृहमन्त्री नै छैन ।’

    गृह मन्त्री नभएका कारण स्वाभाविक रुपमा ट्रस्टको कार्यालयसँग साइनो नरहने भन्दै उनले आफ्नो नाम जोडिनु आश्चर्यजनक भएको बताए ।

    यस्तै श्वेतपत्र दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङ्सलाई लिजमा दिँदा क्रमशस् पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उल्लेख गरिएको छ। सरकारलाई सहयोग गर्दा गर्दै पनि नियतवश सरकारले आफुलाई विवादमा ल्याएको भन्दै उनले भने, ‘सकारात्मक रुपले सहयोग र समर्थन गरिरहेको आफ्नै पार्टीको सरकारलाई मद्दत गर्दागर्दै यी विषयहरु लेख्नुको तात्पर्य के ? भ्रष्टाचारको अन्त्य हुनैपर्छ ।

    ट्रष्टबाट बाँडिएका सबै कुराहरु फिर्ता ल्याउनुपर्छ र नयाँ ढङ्गले अगाड बढ्नुपर्छ । ऐन कानूनको दुरुपयोग भएको छ, त्यसलाई सच्याउनुपर्छ । मेरो माग छ र म जवाफ चाहन्छु, रक्षा मन्त्री र प्रधानमन्त्री ज्यूबाट। सरकारबाट म यसको जवाफ चाहन्छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार