Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • ‘विद्धान अर्थमन्त्रीज्यू बहस गरौं न’

    ‘विद्धान अर्थमन्त्रीज्यू बहस गरौं न’

    अनलाइन नेपाल
  • शुक्रबार, १६ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौ‌ं । नेपाली कांग्रेसका युव नेता एवम् सांसद गगन थापाले अर्थमन्त्री डा. युवराज खतिवडालाई बहस गर्न आफू तयार रहेको जवाफ दिएका छन् ।

    पुस्तकमा लगाइएको करबारे ट्विटरमार्फत प्रतिकृया दिंदै नेता थापाले मन्त्री खतिवडालाई बहस संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ? गर्ने भन्दै प्रश्न समेत तेस्र्याएका छन् ।



    मन्त्री खतिवडाले विहिबार ‘पुस्तकमा लगाइएको कर हट्दैन, बरु बहस गर्न तयार छु’ भनेको भोलिपल्ट आज नेता थापाले ट्विटरमार्फत बहस गर्न तयार रहेको जवाफ दिएका हुन ।

    थापाले ट्वीटरमा लेखेका छन्–‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु । मन्त्रीज्यू हामी पनि तयार छौं । बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’

    सूचना तथा सञ्चार प्रविधि मन्त्रीको समेत कार्यभार सम्हालेका डा. खतिवडाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा स्वदेशी उद्यमलाई प्रोत्साहित गर्न ज्ञानमा नभई पुस्तकमा कर लगाएको र आफू बहस गर्न तयार रहेको बताएका थिए ।

    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार