Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • टी २० क्रिकेटमा सन्दीपको विकेट सेन्चुरी

    टी २० क्रिकेटमा सन्दीपको विकेट सेन्चुरी

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 3.1K
    SHARES

    काठमाडौं । सन्दीप लामिछानेले टी २० क्रिकेटमा आफ्नो सेन्चुरी पूरा गरेका छन् । थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी–२० क्रिकेट अन्तर्गतको मलेसियासँगको खेलमा सन्दिपले आज तीन विकेट लिएसँगै १०० विकेट पूरा भएको हो।

    टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाका विरुद्ध सन्दिपले नेपालका लागि सुरुवाती दुई विकेट लिएका थिए।



    उनले २.२ र २.३ ओभरमा लगातार विकेट लिएका हुन्। उनले विरन्दीप जगजित सिंह र खिजर हायत दुर्रानीको विकेट लिए। त्यसैगरी उनले ८.५ ओभरमा अन्वर अरुद्धिनको विकेट लिएर सेन्चुरी बनाएका हुन् ।

    सन्दिप टी २० मा १०० विकेट लिने पहिलो नेपाली क्रिकेटर बनेका छन् । आफ्नो करियरमा उनले आजको खेलसँग नेपालका लागि ३१ विकेट लिएका छन्।

    आइपिएलबाट चर्चित फ्रेन्चाइज क्रिकेटमा प्रवेश गरेका लामिछानेले त्यसयता क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग ब्यास लिग, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिग जस्ता प्रतिस्ठित लिग खेलिसकेका छन्।

    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार