Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

यस बर्षको प्रिमनसुन सुरु: हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ। यस बर्षको प्रिमनसुन सुरु भएको छ । प्रिमनसुनमा मेघगर्जनसहित वर्षा हुने मौसमविद् बताएका छन। मार्च महिनादेखि मे महिनासम्मलाई प्रिमनसुनको समय भनिन्छ । मौसमविद मिनकुमार अर्यालका अनुसार मार्च, अप्रिल र मे महिनामा मेघगर्जनसहित वर्षा हुनुका साथै हावाहुरी चल्छ । प्रिमनसुनमा स्थानीय वायुको प्रभाव पनि बढ्दै जान्छ।

स्थानीय वायुको प्रभावका कारण यो समयमा एक ठाउँमा पानी परे पनि नजिकै पानी नपर्न पनि सक्ने मौसमविद् मिनकुमार अर्यालले बताए। प्रिमनसुनमा दिनभर घाम लाग्ने र दिउँसो पछि पहाडी क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षा हुने उनले बताए । प्रिमनसुनको समयमा आगलागीका घटना पनि बढ्ने हुँदा सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।

यसपालिको हिउँदमा पर्याप्त पानी परेको छ । मौसमविदका अनुसार पोहोर परार हिउँदको अन्त्यतिर मात्रै वर्षा हुन्थ्यो भने यसपालि हिउँद लागेदेखि नै वर्षा भईरहेको छ । यो वर्षाले फलफूल र कृषिबालीलाई फाइदा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077