Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • म्यान्चेस्टर सिटीको ह्याट्रिक

    म्यान्चेस्टर सिटीको ह्याट्रिक

    एजेन्सी
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । म्यानचेस्टर सिटीले लगातार तेस्रो पटक काराबाओ कपको उपाधि उचालेको छ ।

    गएराति भएको फाइनलमा एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै म्यानचेस्टर सिटीले लिग कप अर्थात इएफएल (काराबाओ कप) को उपाधि उचालेको हो ।



    सिटीका लागि सर्जियो अग्युरो र रोड्रीले १–१ गोल गरे । खेलको २० औं मिनेटमा अग्युरोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा रोड्रीले गोल गरे ।



    एस्टन भिल्लाका लागि ४१ औं मिनेटमा समाताले एक गोल फर्काए । म्यानचेस्टर सिटीले लगातार तेस्रो तथा पछिल्लो पाँच वर्षमा चौथो पटक लिग कप फुटबलको उपाधि जितेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार