Online Nepal
  • शनिबार, १० साउन २०८२
  • प्रधानमन्त्रीलाई मिर्गौला दिने भान्जी त्रिवि शिक्षण अस्पतालमा

    प्रधानमन्त्रीलाई मिर्गौला दिने भान्जी त्रिवि शिक्षण अस्पतालमा

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संग्रौला ज्ञवाली त्रिवि शिक्षण अस्पताल पुगेकी छिन्।

    प्रधानमन्त्री ओलीसँगै उनी पनि आजै अस्पताल भर्ना हुने छिन्। प्रधानमन्त्री ओली पनि आजै अस्पताल पुग्ने छन्। दिउँसो १ बजे नै अस्पताल पुग्ने बताइए पनि प्रधानमन्त्री ओली साँझ मात्र अस्पताल पुग्ने बताइएको छ। प्रधानमन्त्री ओली लामै समय बस्नुपर्ने भएकाले अहिले शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच कडा बनाइएको छ । नेपाली सेनाले तालिम प्राप्त कुकुरलाई रेकी गर्न खटाएको छ ।



    प्रधानमन्त्री ओलीसँग शिक्षण अस्पतालका चिकित्सकहरूको मिटिङ बस्दैछ । प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। प्रत्यारोपण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीको नेतृत्वको टोलीले गर्ने बताइएको छ।

    प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा आवश्यक सहयोगका लागि भारतबाट पनि दुई सदस्यीय टोली काठमाडौं आइसकेका छन्। प्रधानमन्त्री ओलीको पहिलो पटक प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा अनन्तकुमार र अर्का एक प्रतिनिधि नेपाल आइसकेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो। १२ वर्षअघि नयाँ दिल्लीको एपोलो अस्पतालमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मृगौला दिएकी थिइन् ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार