Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • कोरोनाको प्रभाव

    कन्सलटेन्सी व्यवसाय धरापमा, नो अब्जेक्सन लेटर बन्द !

    कन्सलटेन्सी व्यवसाय धरापमा, नो अब्जेक्सन लेटर बन्द !

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 7.4K
    SHARES

    काठमाडौं । शिक्षा मन्त्रालयले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई दिइने अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर एनओसी) वितरणमा रोक लगाइने भएको छ।

    चीनको बुहानबाट कोभिड १९ (कोरोना) भाइरसको त्रास विश्वभर फैलिएपछि त्यता जाने विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर एनओसी रोकिएको मन्त्रालयले जनाएको छ।



    कोरोना भाइरस विश्वका ६० भन्दा बढी मुलुकमा फैलिसकेको छ । विशेषगरी नेपाली विद्यार्थी धेरै जाने अष्ट्रेलिया, जापान, मलेसिया, अमेरिका, कोरिया, चिन लगायतका मुलुकमा यस भाइरसको संक्रमण चर्को रुपमा फैलिएको छ।

    यद्यपी शिक्षा मन्त्रालयले भने अहिले रोक्‍का नभएको जानकारी गराउँदै मन्त्रिपरिषदको निर्णय प्रमाणिकरण भएर आएपछि कार्यान्वयन हुने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार