Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुर्खेतमा जिप दुर्घटनाः तीनको मृत्यु, ४ जना गम्भीर घाइते

    सुर्खेतमा जिप दुर्घटनाः तीनको मृत्यु, ४ जना गम्भीर घाइते

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 3.2K
    SHARES

    फाइल फोटो

    सुर्खेत। सुर्खेतमा यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०००७ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका–१५ स्थित रातानाङ्ला धरमपोखरा सडकखण्डमा पर्ने राउटे गल्छेनामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । उनीहरुको उपचारका लागि वीरेन्द्रनगर ल्याएको प्रहरीले जनाएको छ ।



    जिपमा सात जना सवार रहेका थिए । कार्यालयका डिएसपी रबि रावलले जिप सडकबाट करिब चारसय मिटर तल खसेको जानकारी दिए । जिप अनियन्त्रित भए दुर्घटना भएको उनले बताए । अहिलेसम्म मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार