Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • ‘मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर’

    ‘मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर’

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडाैं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

    बुधवार(आज) त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र उनको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । उनका मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् ।



    विज्ञप्तिमा भनिएको छ,‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न शुरु गरी सकेको छ । र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखि उपचारलाई निरन्तरता दिइने छ ।’

    बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको छ ।

    ‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ती चिकित्सकले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेको छ। प्रधानमन्त्रीले पिशाव पनि फेर्नुभएको छ।’

    प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्‍त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। प्रधानमन्‍त्रीको तस्बिर अंकित प्लेकार्ड प्रदर्शन गरिएका छन्। अस्पतालका अनुसार प्रधानमन्त्रीलाई एउटा मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था सामान्य रहेको छ ।

     

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार