Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • असन्तुष्टलाई भित्तामा पु-याउने दाउमा देउवा

    असन्तुष्टलाई भित्तामा पु-याउने दाउमा देउवा

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 3.6K
    SHARES

    काठमाडौं । ‘मर्ने वेलामा हरियो काँक्रो’ भने झैं नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले आफ्नो चार वर्षे बैधानिक कार्यकाल पूरा हुन एक साता बाँकी हुँदा धमाधम पार्टी कार्यकर्तालाई पार्टीको केन्द्रीय निकायमा नियुक्त गर्न थालेका छन् ।

    चार वर्षअघि २०७२ साल फागुन २४ गने काठमाडौंमा भएको कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले बिधान अनुसार २ महिना भित्र पार्टीका सबै सांगठानिक तहको गठन गर्नु पर्ने थियो । तर, तीन वर्ष ११ महिना वितिसक्दा पनि पार्टीको एउटा पनि विभाग गठन गर्न मन नगरेका देउवाले आफ्नो कार्यकाल सकिनुअघि फागुन १७ र १९ गते पार्टीको केन्द्रीय विभागमा किस्ताबन्दीमा विभागका प्रमुख नियुक्त गरेका छन् ।



    राजनीतिमा शक्ति र सत्तामा बस्न अनेकौं चाल रच्न सफल खेलाडी देउवाले पनि १४औं महाधिवेशनको घोषणा भएपछि महाधिवेशनमा आफ्नो प्रभाव देखाउन धमाधम नियुक्ति गर्न थालेका हुन् । देउवाले ‘जब भयो राति, तब बुढी ताती’ भने झैं १४औं महाधिवेशनको मुखमा पार्टीको जिम्मेवार तहमा बस्न नपाएर छटपटाएका र पदको आशा गरेर बसेकालाई धमाधम विभागीय प्रमुख, आमन्त्रित केन्द्रीय सदस्य, केन्द्रीय सदस्य र जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनित गर्न थालेका छन् ।]



    देउवाले यसैसाता मात्र जेष्ठ राजनीतिज्ञ सभामा झापाका मात्र चार जनालाई सदस्यमा नियुक्त गरे । किस्तावन्दीमा विभागीय प्रमुख र आमन्त्रित केन्द्रीय सदस्य बनाउन थालेपछि उता संस्थापनइत्तर पक्ष भने तिल्मिलाएको छ । चार वर्षसम्मम शेरबहादुर देउवासँग पार्टी, पार्टीको भ्रातृ संस्था र शुभेच्छुक संस्थामा ४० प्रतिशत भागबण्डा चाहियो भन्दै रडाको गर्ने रामचन्द्र पौडेल यतिवेला देउवाको नेतृत्वलाई सफल बनाएर कांग्रेसको प्रतिष्ठालाई उँचो लैजाने भन्दा देउवालाई बिबादमा तानेर आफू साखुल्ले बन्ने रणनीतिमा लागेका छन् ।

    पार्टीको २८ विभाग गठनको लागि देउवाले प्रस्ताव गर्दा आफूलाई १२ वटा दिनु पर्ने भन्दै भागबण्डा गरेका पौडेलले बैचारिक र कार्यगत रुपमा एकंै ठाउँ उभिएका कृष्णप्रसाद सिटौला गुटलाई भने आफ्नो भागमा नपार्न भन्दै देउवालाई आग्रह गरेका थिए । पछि देउवाले पौडेललाई भाग पु¥याउन विभागको सख्या ४२ बनाउने प्रस्ताव गर्दा उनले फेरि महत्वपूर्ण विभागसहित ४० प्रतिशतको भागबण्डाको दाबी छाडेनन् ।

    केन्द्रीय कार्यसमिति बैठकको बहुमतको आडमा देउवाले विभागको सख्या ४७ बनाएर पारित गरेपछि पौडेल समूहले भागबण्डा नै खोजेको थियो । तर, पौडेल समूहमा प्रभावकारी भूमिका खेल्ने महामन्त्री डा. शशांक कोइराला र अर्का नेता डा. शेखर कोइरालाले विभाग गठनको विपक्षमा अडान लिन सुझाव दिएपछि पौडेलले देउवालाई विभागको संयोजक बन्ने केन्द्रीय सदस्यको नाम आफ्नो गुटलले नदिने भनी जनाएका थिए ।

    यता देउवाले भनि आफू पक्षधर केन्द्रीय सदस्यका अतिरिक्त केही तटस्थ र पौडेल गुटकै केन्द्रीय सदस्यलाई पनि विभागिय जिम्मेवारी दिएर पौडेललाई झन चिढ्याएका छन् । देउवाले पौडेल समूहबाट केन्द्रीय सदस्य भएका आनन्दप्रसाद ढुंगानालाई ३ वर्षअघि नै आफ्नो गुटमा तानीसकेका थिए भने दुई महिना अघि गोविन्द भट्टराईलाई आफ्नो गुटमा ल्याउन सफल भएका थिए ।

    उनले पौडेल गुटका गोरखाका चीनकाजी श्रेष्ठलाई पनि आफ्नो गुटमा ल्याउन सफल भएका छन् । श्रेष्ठ कांग्रेस पार्टी कार्यालयका पूर्वमुख्यसचिव पनि हुन । उनलाई शुशिल कोइराला सभापति हुँदा पार्टीको केन्द्रीय कार्यालयको मुख्य सचिवमा नियुक्त गरिएको थियो ।
    देउवाले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलालाई पौडेल गुटसँग मिल्न नदिन सिटौलाको गुटबाट पनि विभागको प्रमुख र आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

    सिटौला निकटका पूर्वसांसद सुधिरकुमार शिवाकोटीलाई आमन्त्रित केन्द्रीय सदस्यमा नियुक्त गरिएको छ भने सिटौला गुटका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ । सिटौलाका जेठा दाई तथा राष्ट्रिय सभाका पूर्वसांसद डिल्लीप्रसाद सिटौलालाई जेष्ठ राजनीतिज्ञ सभामा नियुक्त गरिएको छ । झापाका पुराना नेता पूर्णानन्द शर्मालाई पनि सभाको सदस्यमा नियुक्त गरिएको छ ।

    देउवाले देशभरबाट जेष्ठ राजनीतिज्ञ सभामा ३० जनालाई नियुक्त गर्दा एक जना पनि महिला र दलित समुदायलाई चयन गरेनन् । देउवाले किस्ताबन्दीमा फागुन १७ गते १३ जनालाई र १९ गते सात जना केन्द्रीय सदस्यलाई केन्द्रीय विभागको प्रमुखमा नियुक्त गरेका छन् । देउवाले यसअघि नै आमन्त्रित केन्द्रीय सदस्यमा ७ जनालाई नियुक्त गरेका छन् । तर देउवाले यो साता मात्र १३ जनालाई नियुक्त गरेर केन्द्रीय कार्यसमितिमा २० जना आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

    उनले दुई जनालाई केन्द्रीय सदस्यमा पनि मनोनित गरेका छन् । राजपाबाट कांग्रेसमा आएका सर्लाहीका जंगीलाल राय यादवलाई नियुक्त गरेका हुन् । गच्छदारबाट आएका ११ जनालाई देउवाले नियुक्त गर्न बाँकी नै छ । ललितानिवासको जग्गा प्रकरणमा अख्तियारले मुद्धा लगाएपछि तिलमिलाएका गच्छदारले ११ जनाको नाम कांग्रेस केन्द्रीय कार्यालयमा बुझाउन नसक्दा पार्टीले गत असोजमा गरेको निर्णय अझै कार्यान्वयनमा आएको छैन् ।

    ११ जनामा क–कसलाई पठाउने भन्ने विषयमा निर्णय गर्न गच्छदारले नसक्दा तत्कालिन फोरम लोकतान्त्रिकबाट आएका नेताहरु कांग्रेस छाड्ने मनस्थितिमा पुगेका छन् । नेता सिटौलाले आफू १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवार नहुने सूचना हल्ला मात्र भएको बताएका छन् ।

    उनले महाधिवेसनको समय आएपछि उपयुक्त समयमा उम्मेदवारी दिने विषयमा निर्णय गर्ने झापामा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा जनाएका थिए । सिटौलाले उम्मेदवारी दिने सूचना देशब्यापी भएपछि पौडेल गुटमा पहिरो गएको छ ।

    पौडेल कमजोर हुने आंकलन गर्दै कांग्रेसका पुरानो संस्थापन पक्षका नेताहरु यतिवेला सिटौलाको गुट वा देउवाको पद ग्रहण गर्ने प्रतिष्पर्धा र रिले दौडमा लाम लागेका छन् । देउवाले कांग्रेसको महाधिवेशन आगामी वर्ष २०७७ साल फागुन ७ देखि १० गतेसम्म हुने घोषणा गरेका छन् । (यूनाइटेड पोस्ट साप्ताहिक)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार