Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पुरुषको संख्यामा कमी आएपछि सौता बस्न बाध्य युवती!

    पुरुषको संख्यामा कमी आएपछि सौता बस्न बाध्य युवती!

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 4.1K
    SHARES

    एजेन्सी । दोस्रो विश्व युद्धपछि केही देशमा पुरुषको संख्यामा व्यापाक कमी आएको छ। त्यसै देशमा चलेको द्वन्द्वका कारण पनि पुरुषहरु बसाँइ सर्दा युवतीहरु अविवाहित बस्न बाध्य छन्। विश्वमा यस्तो राष्ट्र हरु पनि छन् जहाँ बिहेको लागि युवतीहरु कुवारी बस्न पनि बाध्य भएका छन् । यस्तै आज हामी यस्तो रास्ट्रको बारेमा जानकारी गराउदै छौं जहाँ युवतीहरु बिहेको लागि युवक नपाए पछि विवाहित पुरुषसँग बिहे गर्न मरिहत्ते गर्छन ।

    युवाहरुको कमि भएपछी युवतीहरु विवाहित पुरुषको कान्छी, माईली, साईली दुलहीसम्म बन्न तयार रहेका छन् । हो त्यो रास्ट्रको नाम हो सिरिया । सिरिया यस्तो राष्ट्र हो जहाँ गृह युद्दको कारण पुरुष को संख्यामा कमि आएको छ । लाखौँ युवा हरु ज्यान जोगाउन देश छोडी सकेका कारण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो ।



    युवाको कमि परेपछि युवतीहरु विवाहित पुरुषको साईली, माईली, कान्छी दुलही बन्न समेत तयार रहेका छन् । सिरियामा ७० प्रतिसत युवतीहरु त अविवाहित बस्न बाध्य भएको समाचार हरु बाहिरिएको छ । सिरियामा रहेको पुरुषको जति ओटी श्रीमती रहेपनि युवतीहरु विवाह गर्न लालायित हुने गर्दछन ।



    सन् २०१०को तुलनामा सन् २०१५ मा बहु विवाहको आकडा ह्वात्तै बढेको थियो । देशमा पुरुषको संख्या महिलाको भन्दा कयौं थोरै रहेको छ । सामाजिक सुरक्षा लागि भनेपनि विवाह गर्न नचाहाने महिलाहरु पनि विवाह गर्न हतारिएको बताईएको छ । ७० प्रतिशत महिलाहरु त अविवाहित नै छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार