Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • शरीरकाे कुन अंगमा रहेकाे कोठीले कस्ताे संकेत दिन्छ?

    शरीरकाे कुन अंगमा रहेकाे कोठीले कस्ताे संकेत दिन्छ?

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 2.7K
    SHARES

    सामान्यतया सबै मानिसको शरीरमा कोठी हुने गर्दछ । जन्मजात वा पछि शरीरको बिभिन्न स्थानमा निशान चिह्न अर्थात कोठी आउने गर्दछ । यी कोठीले मानिसको शारीरिक, आर्थिक र चरित्रको बारेमासमेत संकेत गर्ने शास्त्रहरुमा उल्लेख छ । समुन्द्र शास्त्रका अनुसार शरीरमा भएका यी चिह्नको आधारमा व्यक्तिको भविष्य मूल्यांकन समेत गर्न सकिन्छ ।

    १. कानको कोठी
    कानको कुनै पनि भागमा कोठी भएका व्यक्तिले राम्रो कमाउने र उनीहरुको जीवनशैली भव्य हुन्छ संकेत गर्दछ । तर यी अंगमा कोठी हुनेहरुमा बचत गर्ने बानी हुँदैन ।



    २. टाउकोमा कोठी
    टाउकोमा रहेको कोठी कपाल खौरिए पछि मात्र देखिन्छ । यदि टाउको दायाँ भागमा कोठी छ भने यी व्यक्ति राजनीतिमा सफल हुने संकेत मानिन्छ । यदि कोठी रातो छ भने त्यस्ता व्यक्ति नेता हुने मान्यता छ ।



    ३. निधारको कोठी
    कुनै ब्यक्तिको निधारको मध्य भागमा कोठी छ भने यो निर्मल प्रेमको निशानी हो । निधारको दाहिनेतर्फको कोठीले बिषयगत निपूर्णता दर्साउँछ भने बायाँतर्फको कोठी फजुल खर्चको प्रतिक मानिन्छ ।

    ४. आँखी भौंको कोठी
    यदि दुबै आँखी भौंमा कोठी छ भने त्यस्ता व्यक्तिले यात्रा गरिरहने स्वभाव हुने गर्दछन् । यदि आँखी भौंको बीचमा छ भने त्यस्ता व्यक्ति नेतृत्व गर्नसक्ने क्षमताका हुने मान्यता छ ।

    ५. आँखामा कोठी
    दायाँ आँखामा भएको कोठीले जीवनसाथीसँग राम्रो सम्बन्ध हुने बताउँछ भने दाहिने आँखाको कोठीले सजिलै पैसा कमाउन सक्ने संकेत गर्दछ ।

    ६. नाकको कोठी
    यदि नाकमा कोठी छ भने यी व्यक्ति छिट्टै सोच्ने र छिट्टै रिसाउने स्वभावका मानिन्छन् । नाकको दायाँतर्फ कोठी छ भने धेरै पैसा कमाउने संकेत मानिन्छ ।

    ७. ओठको कोठी
    ओठमा माथिल्लो भागमा कोठी हुने व्यक्ति निकै प्रेमिल स्वभावका हुन्छन् । त्यस्तै ओठको तल्लो भागमा कोठी हुने व्यक्तिले मिठो खानेकुरा मनपराउँछन् ।

    ८. गालाको कोठी
    गालामा रातो कोठी हुने ब्यक्तिलाई शुभ फल प्राप्त हुने मान्यता छ । गालाको दायाँ भागमा कोठी हुने व्यक्ति निकै संवेदनशील हुने गर्दछन् । बायाँ गालामा कोठी भएकाहरु अन्र्तमुखी स्वभावका र रिसालु हुने दर्साउँछ ।

    ९. घाँटीको कोठी
    घाँटीको पछाडि कोठी हुने मानिसहरु रिसालु प्रवृत्तिका हुन्छन् । घाँटीको अग्र भागमा कोठी भएकाहरु राम्रो स्वर भएको कलात्मक व्यक्तित्वको परिचय दिन्छ ।

    १०. काँधमा कोठी
    काँधको दायाँतर्फ कोठी भएका मानिसहरु बलवान् र साहसी हुन्छन् भने बायाँ काँधमा कोठी हुनेहरु अरुसँग झगडा गर्न अग्रसर हुन्छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार