Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सरकारको निर्णयप्रति प्याब्सन र अभिभावक संघको आपत्ति

    सरकारको निर्णयप्रति प्याब्सन र अभिभावक संघको आपत्ति

    'आफूलाई सजिलो बनाउन बालबालिकालाई दुःख नदिऔं'

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । नयाँ शैक्षिक सत्रबाट बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्ने सरकारको निर्णयप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तथा अभिभावक संघले आपत्ति जनाएका छन् ।

    बिहान नौ बजे नै विद्यालय सञ्चालन गर्न व्यवहारिक कठिनाइ हुने बताउँदै प्याब्सन अध्यक्ष टिकाराम पुरी भन्छन्–‘ साना बालबालिकालाई नौ बजेभित्रै विद्यालय पुर्‍याउन र उनीहरुलाई दिउँसोको खाजा खुवाउन गाह्रो हुन्छ ।’



    आफूहरुले बालबालिकालाई कसरी सजिलो हुन्छ भनेर सोच्नु पर्नेमा आफूलाई सजिलो बनाउन बालबालिकालाई दुःख दिनु उचित नभएको पुरीको भनाई थियो ।



    विद्यालयहरु नौ बजेबाटै सुरु गर्नुभन्दा बरु सरकारी र निजी कार्यालयहरु आठ बजेबाट सञ्चालन गर्न उपयुक्त हुने उनको तर्क थियो ।

    त्यसो त अभिभावक संघले पनि विद्यालय समय ९ बजेदेखि सञ्चालन गर्ने भनेर सरकारले एकतर्फी निर्णय गरेको जनाएको छ । अभिभावक संघका अध्यक्ष केशव पुरीले भने,–‘यो निर्णय गर्नुअघि हामीसँग एक पटक पनि परामर्श गरिएन ।’

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्नेरगराउने निर्णय गरेर शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको छ ।

    विद्यालय समय १० बजेदेखि ४ बजेसम्म हुँदा राजधानीमा जामको समस्या खेप्नु परेको भन्दै यस विषयमा पहिलेदेखि नै आवाज उठ्दै आएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार