Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • विश्वविद्यालयका परीक्षा पनि रोक्ने सरकारको निर्णय

    विश्वविद्यालयका परीक्षा पनि रोक्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्ने निर्णय सरकारले गरेको छ । यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएपछि एसईई परीक्षा स्थगित भइसकेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइएको बताए ।



    राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन । यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमाबोलाउने भनिएको थियो । तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार