Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • के गर्भवती महिलालाई यौन सम्पर्क गर्दा बच्चालाई असर गर्छ ?

    के गर्भवती महिलालाई यौन सम्पर्क गर्दा बच्चालाई असर गर्छ ?

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 7.9K
    SHARES

    लगातार यौन सम्पर्क गरीरहँदा जब महिनावारी बन्द हुन्छ र त्यसपछि १०/१५ दिन पछाडि चेकअप गराउँदा गर्भ रहेको जानकारी पाइन्छ ।लगातार यौनसम्पर्क गर्दा गर्भपतन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले गर्भ अवस्थामा यौनसम्पर्क गर्दा असर गर्ने, नराम्रो हुने भन्ने हुँदैन ।

    गर्भावस्थामा यौनसम्पर्क गर्दा के बुझ्नु पर्यो भने गर्भवती महिलालाई अप्ठ्यारो, असहजीलो हुनु भएन । त्यसैले जुन आसनमा यौन सम्पर्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आसनमा यौनसम्पर्क गर्नुभयो भने महिला, बच्चा कसैलाई पनि असर हुँदैन । गर्भावस्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउने हुँनाले त्यो कुरालाई यौन जोडिले ख्याल राख्नु गरुरी हुन्छ ।



    ब्लिडिङ हुने कारण भनेको गर्भरहेको बेलामा कुनै पनि बेलामा हुने कुरा हो । यो गर्भावस्थाको सबैभन्दा जोखिम पुर्ण अवस्था हो । यदि पटक पटक ब्लिडिङ हुने, गर्भपटन हुने महिलाहरुले यौन सम्पर्कमा केहि ध्यान पुर्याउनु पर्ने हुन्छ तर यौन सम्पर्क गरेकै कारण ब्लिडिङ हुने भन्नेहुँदैन।



    यदि गर्भवती महिलालाई गर्भको कारणले गाह्रो भइरहेको छ, महिलालाई यौन इच्छा नै छैन तर तपाई त्यस्तो अवस्थामा पनि जबरजस्ती यौन सम्पर्क गर्नु भयो भने त्यो बलात्कार हुन्छ, यदितपाई आफ्नो यौनजोडि लाई साच्चै नै माया गर्नुहुन्छ, भावनात्मक बिश्वास छ भने त्यो बेलामा तपाईलाई यौन सम्पर्क गर्नै मन लाग्दैन । त्यसैले तपाईले बुझ्नु पर्ने कुरा गर्भावस्थामा रहेकी महिलाले पनि यौन इच्छा देखाइनभने मात्र यौनसम्पर्क गर्नुपर्दछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार