Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • महिला कण्डम प्रयोगबारे जानिराखौं

    महिला कण्डम प्रयोगबारे जानिराखौं

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 4.4K
    SHARES

    एजेन्सी । स्त्री कण्डमलाई यौनसम्पर्क गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्दछ । तर तल्काल प्रयोग गरेर यौनसम्पर्क गर्न मिल्दैन ।   कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको  रिङ्गलाई योनी भित्र राख्नु पर्दछ । मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ । म्याद गुज्रिएको भए प्रयोग गर्नु हुदैन ।  यौन सम्पर्कपछि तुरुन्त झिकेको कण्डमको  उचित व्यवस्थापन गर्न जरुरी छ । याद गर्नुपर्ने कुरा केछ भने, पुरुष कण्डम जस्तै  स्त्री कण्डमसमेत पुन: प्रयोग मिल्दैन ।

    सकभर कण्डम किन्दा उच्च गुणस्तरको छान्नु पर्दछ ।  महिला कण्डम एक किसिमको बलियो रबरलेनै बनेको हुन्छ । पुरुष कण्डम भन्दा बनाउन समय र मेहनत लाग्ने हुदा केही महङ्गो हुन्छ । महङ्गो र झन्झटको रुपमा नसम्झेर सुरक्षित उपायका रुपमा यसको प्रयोगलाई जोड दिन सकिए अनिश्चित गर्भ र यौन रोगको संक्रमणबाट जोगिन सकिन्छ ।



    विशेषत: पछिल्लो समय पुरुष कण्डम प्रयोगले महिला पुरुषबीच यौन सन्तुष्टिको विषयलाई लिएर तिक्तता उत्पन्न भएका जानकारी बाहिर आइरहन्छन् । ता कि पुरुष कण्डम प्रयोगले चरम आनन्द नआउने टिका टिप्णी हुन्छन् । नेपालको सन्दर्भमा महिला कण्डम प्रयोगको जानकारी र प्रयोगको चलन बढेको छैन । महिला कण्डम प्रयोगबारे नकारत्मक टिप्पणी भन्दा सकारात्मक पक्षको ज्ञान बाड्न सके प्रजनन् स्वास्थ्यका क्षेत्रमा केहि सुधार हुनेछ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार