Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • बाबुरामहरुले रचेको गोयबल्स शैलीको अपहरण काण्ड एक दिन झुटो ठहरिने छ

    बाबुरामहरुले रचेको गोयबल्स शैलीको अपहरण काण्ड एक दिन झुटो ठहरिने छ

    रमेश खड्का
  • शुक्रबार, १९ बैशाख २०७७
  • 5.2K
    SHARES

    नेपाल प्रहरीमा २६ औ प्रहरी महानिरीक्षकको सफल कार्यकाल बिताएर २०७६ माघ २९ गते अबकाश भएका सर्वेन्द्र खनाल  बैशाख १० गते महोत्तरी जिल्लामा साँसदद्वय महेश बस्नेत, किसन श्रेष्ठसहित सुरेन्द्र यादबको घरमा पुगेर उनै यादबसँग काठमाडौं फर्किएको बेला जब डा.बाबुराम भट्टराईले आफ्नो सांसदलाई अपहरण गरिएको ट्वीट गरे, त्यसपछि एकाएक सनसनी मच्चियो ।

    पूर्व आईजिपी सर्वेन्द्र जो आफ्नो ३० बर्षे कार्यकालमा गुण्डागर्दीको सातो उडाएका थिए ।  तराईमा रहेका २ दर्जन शसस्त्र समुहलाई तहसनहस पारी छिन्न भिन्न तुल्याएर मधेशी जनताको मन जित्न समेत सफल भएका तिनै सर्वेन्द्र उक्त घटनामा जोडिन पुग्दा संचारमाध्यमले एकै पटक समाजलाई तरङ्गित पार्ने गरी खबर प्रवाह गरे। त्यही घटनाले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्चि पाटी भित्रबाट हल्लाउने कोसिस भईरहेको छ।



    घटनाको बास्तविकता के थियो त ?
    तनहुँका सांसद किसन श्रेष्ठ जसले आम निर्वाचनमा कांग्रसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएपछि चर्चित बने । उनी सर्बेन्द्र खनालको मिल्ने साथी थिए । फिल्डबाटै खटिएर नेपाल प्रहरीको नेतृत्वमा पुगेका सर्वेन्द्रलाई लकडाउनको समयमा बाटोमा यात्रुहरु अलपत्र परेको समाचार आए पछि त्यसको निकास के हुन सक्छ भन्ने लाग्नु स्वाभाविक थियो ।  दुवै जना वैशाख १० गते भक्तपुर पुगे भने महेश बस्नेतलाई पनि किसनले बोलाए । यात्रु व्यवस्थापन गर्दा गर्दै सरकारले ल्याएको दल सम्बन्धि विधेयकको चर्चा गयो । त्यसपछि डा.सुरेन्द्र यादवको कुरा उठ्यो। धनुषा, बारा नारायणी अन्चलमा पटक– पटक बसेका सर्बेन्द्रको त्यस क्षेत्रका नेतासँग सम्बन्ध हुनु स्वभाविक थियो ।



    उनले  डा.सुरेन्द्र यादबसँग फोनमा सम्पर्क गरे । आपसमा भेट्ने कुरा भएपछि महेश बस्नेत, किसन श्रेष्ठ, सबेन्द्र खनालसहित जनकपुर पुगेको र सुरेन्द्रकै पार्टीको सचेतक उमाशंकर अडरीया र प्रदेश साँसद प्रदिप यादवसहित  सुरेन्द्रको घरमा गएर  खाना खाइ छलफल गर्दै संगै काठमाडौं फर्केको देखिन्छ ।

    तर काठमाडौं आइपुग्दा सुरेन्द्रले आफ्नो मोवाईल अर्को गाडीमा छोडेर सम्पर्कविहिन भएकोमा विश्वदिप पाण्डेले आफ्नो साँसद अपहरण भएको भने पछि उक्त घटनाले नयाँ मोड लिन्छ ।

    त्यसबारे सुरेन्द्रले रातोपाटीमा दिएको पहिलो अन्तर्बातामा आफु अपहरणमा परेको सत्यतथ्य नभएको, आफु स्वंयम काठमाडौं आएको वताएका थिए। जव रातारात मधेश केन्द्रित २ दल एक भएको घोषण हुन्छ, त्यसपछि राजनीतिमा माहिर डा.बाबुराम भट्टराईले यसै विषयलाई मलजल गरी नेपाली समाज भड्काउने र यो सरकार नै ढलाउने दुशित मनसाय राखी उक्त घटनालाई राजनितिक रंग दिदै अपहरण बनाउँदै जाहेरी दिँदै हिडेको देखिन्छ ।

    के -को अपहरण ?
    मुलुकी फौजदारी कार्याविधि २०७४ को दफा २११ अनुसार कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डारत्रास झुक्यानमा पारी, नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य पारेमा अपहरण गरेको मानिने भन्ने उल्लेख छ ।

    सुरेन्द्र यादव महोत्तरी स्थित आफ्नै घरबाट काठमाडौं आउंदा के कस्तो अवस्था विध्यमान थियो त ?  उनले आफ्ना पुराना साथी पूर्व आईजिपी सर्वेन्द्र खनाल सहित २ जना सांसदलाई आफ्नो घरमा खाना खुवाई आफ्नै पार्टीको सचेतक संगै पटक-पटक छलफल गरी  नेपाल प्रहरीको हतियार हितको आफ्नो सुरक्षाकर्मी समेतलाई गाडीमा सँगै ल्याएका थिए। तसर्थ, यो काल्पनिक मात्र कुरा थियो ।

    घटनाले नाटकीय रुप कसरी लियो? 

    सुरेन्द्र यादब काठमाडौं आईनपुग्दै मध्यरातमा २ पार्टीको एकिकरण भई जनता समाजवादी पार्टी घोषणा भए पश्चात उनले अब ४० प्रतिशत कतै पुर्याउन सक्ने अवस्था नदेखे पश्चात आफ्नो राजनीति जोगाउनका लागि रङ बदले।

    त्यसैलाई राजनीतिमा खप्पीस डा.बाबुरामले मसलाको रुपमा प्रयोग गरी नेपाल प्रहरीमा एउटा अमिट छाप छाडेका, व्यवसायीक, सधै आपराधिक गिरोहको होस उडाएका पूर्व आईजिपी सर्वेन्द्रको व्यक्तित्व नै धरापमा पार्ने गरी कथित अपहरणको बिल्ला भिराउन सफल भए ।

    यसले के स्पस्ट पार्छ भने नेपालमा बाबुरामहरु कति घृणित रुपमा राजनीति गर्छन् भन्ने प्रमाणित भएको छ। र, आफ्नो निहीत स्वार्थ पूर्ती गर्नको लागि अरुलाई कसरी वलीमा चढाईन्छ भन्ने गतिलो उदाहरण यही घटना हुन पुगेको छ।

    यही घटनाका कारण सफल पूर्व आईजीपी सर्बेन्द्र खनाललाई जनताले आशंकाको रुपमा हेर्न वाध्य बनाइएको छ, काल्पनिक र झुटो कथाका कारण  । साथै नेपाली जनताले नेकपालाई दिएको दुई तिहाई नजिकको जनमतले समेत राजनैतिक स्थिरता दिन नसकेको प्रचार गराईएको छ ।
    तसर्थ उल्लेखित घटना आजका दिनसम्म आईपुग्दा आम नेपाली जनता यो अपहरण नभएको कुरामा त प्रष्ट भैसकेका छन् ।

    साथसाथै कसरी एक व्यवसायिक व्यक्ति, जसले आफ्नो ३० वर्षे कार्यकालमा साच्चिकै उदाहरणीय काम गरी जनताको शान्तिसंग बस्न पाउने र निर्भिक रहेर व्यवसाय गर्न पाउने कुरामा सुनिश्चिनता प्रदान गरेका थिए ।

    त्यस्तो, व्यक्तिलाई कसरी वलि चढाउन र समाजलाई दिग्भ्रमित पार्न सक्दा रहेछन् भन्ने कुराको समेत स्पष्ट भएको छ । तसर्थ एक दिन अबश्य बाबुरामहरुले रचेको  गोयबल्स शैलीको कथित अपहरण काण्ड झुटो ठहरिने छ र असत्य कहिल्यै टिक्दैन, सत्य कहिल्यै मर्दैन भन्ने कुरा स्थापित हुने निश्चित छ  ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार