Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना र साम्प्रदायिकता: भाइरस विरुद्धको लडाई एकसाथ लडनु पर्छ

    कोरोना र साम्प्रदायिकता: भाइरस विरुद्धको लडाई एकसाथ लडनु पर्छ

    लभ कुमार यादव
  • शुक्रबार, १९ बैशाख २०७७
  • 4.5K
    SHARES

    विश्वभरीका मानिसहरुबीच कोरोना भाइरस (कोभिड-१९) ले डर त्रासको उत्पति गरेको छ। मान्छेहरु एक अर्का सँग समाजिक दुरी कायम गरी आफनो जीवन भाइरसको संक्रमणबाट जोगाउन खोजी रहेको छ ।

    सम्पूर्ण मान्छेलाई आफ्नो जीवन मृत्यूको सिमारेखा नजिक रहेको आभास भइरहेको छ।नेपाल कोरोनाको उच्च जोखिमको सम्भावना भएको देशहरु मध्ये पर्दछ।



    हालसम्म गरिइएको रैपिड परिक्षणमा ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिइएको छ। मान्छेहरुलाई आफ्नै ज्यानको अहिले कुनै ग्यारेन्टी छैन।



    देश दिन-प्रतिदिन जोखिम अवस्थामा गईरहेको छ तथापी नेपालीहरु विषम प्रस्थिति र भाइरसले ल्याउन सक्ने जोखिमको ख्याल नगरी आपसी मतभेद, विवाद, भ्रस्टाचार, बालात्कार, घरेलु हिंसा तर्फ लागेका छन।

    कोरोना भाइरसको संक्रमण बिभिन्न जात, धर्म, वर्ग र क्षेत्रको मान्छेहरुमा देखिएको छ। कोरोनाले कुनै पनी जात/धर्म/सम्प्रदाय, क्षेत्र वा वर्गलई छाडेको छैन। यसको संक्रमण हरेक व्यक्ति, ठाउ,क्षेत्र, सम्म फैलिन सक्छ। यसले धनीको पनी ज्यान लिन सक्छ र गरिबको पनि , यसले शक्तिशाली व्यक्तिको पनी ज्यान लिन सक्छ र गरिबको पनि ।

    यसले पुरुषको पनी ज्यान लिन सक्छ र महिलाको पनी यसले वृद्धको पनी ज्यान लिन सक्छ र व्यस्कको पनी।कोरोना भाइरस कुनै जातीय/लैङगिक वा सम्प्रदायिक भाइरस होइन । यसले न कुनै हिन्दुलाई छाडछ न मुस्लिमलाई, न क्रिस्चियनलाई न बुद्धिस्टलाइ, न शिखलाई न ईसाईलाई र न कुनै नास्तिकलाई। यसको सम्पर्कमा आउने सम्पूर्णको जीवन कष्टकार बनाउने छ। कोरोनाको प्रभाव विश्वव्यापी रुपमा देखिएको छ ।

    कोरोना संगको लडाई कुनै एक,व्यक्ति समाज वा देश ले एक्लै लडन सक्दैन यस लडाईमा सम्पूर्ण मानव जगतको साथ सहयोग र आफनो –आफनो सामाजिक/मानवीय जिम्मेवारी कर्तव्यको निष्ठापूर्वक निर्वाह गर्नु अति आवश्यक देखिन्छ। कतिपय मान्छेहरुले त कोरोना भाइरस लाइ पनी सम्प्रदायिक रोगको संज्ञा दिएका छन।

    कोरोना भइरसलाई मुस्लिम भर्सेज हिन्दु बिचको लडाई भन्नेर पनि गाउ घर तिर मान्छेहरु बुझी रहेको छ। विभिन्न मान्छेहरु सामाजिक संजाल/मिडिया हरुको माध्यमबाट सम्प्रदायिक विवाद उत्पन्न गर्नमा दिनरात लागि रहेका छन। हिन्दु,मुस्लिम भएका गाउँ/समाज/देशहरुमा मुस्लिमहरुलाई अपराधीको नजरले हेर्न शुरु गरिएको छ। हिन्दु र मुस्लिम बीच अहिले नफरतको सम्बन्ध मात्र देखिन्छ I

    उनीहरुमाथी नराम्रो कमेन्ट गरिन्छ। उनीहरुलाई शंकाको दृष्टिकोण ले देखिन्छ । उनीहरु बर्षौदेखि बस्दै आएको आफ्नै सामाजमा पनि उनीहरुसंग फरक किसिमको व्यवहार गरिन्छ । मुस्लिम सामुदायहरुमाथि भइरहेको व्यवहार पूर्ण रुपमा निन्दनिय र अमानवीय व्यवहार हो। कोरोनाले गर्दा हिन्दु- मुस्लिम बीच बढ्दै गइरहेको दुरीको समीक्षा समाजले यथाशिघ्र गरि न्यूनीकरण तर्फ लाग्नुपर्छ।

    म मान्छु कि लकडाउनको बेला दिल्लीमा भएको जमाती सम्मेलनमा भाग लिनु मुस्लिम साथीहरुको कानुन बिपरित कदम थियो। त्यो सम्मेलन गर्नु र त्यसमा भाग लिनु दुईटै अपराधीक कार्य थियो।

    जमाती सम्मेलनमा थुप्रै देशका मुस्लिमहरुको प्रतिनिधित्व थियो । तर प्रतिनिधित्वको अधारमा सम्पूर्ण मुस्लिमलाई दोषी मान्नु र शंकास्पद नजरले हेर्नु भनेको बुद्ध जन्मेको देशमा सबै बोधित्व प्राप्त गरेको माने जस्तै हुन्छ।

    त्यो सम्मेलनमा भागलिने मुस्लिमहरुलाई समातेर क्वारेन्टाइनमा राखी कानुनसंगत सजाय दिनु पर्छ । उनीहरुले गरेको काम हिन्दु, मुस्लिम, शिख, इसाई, सम्पूर्ण मानव समाजको विरुद्ध थियो उनीहरु सजाय पाउनु पर्छ । तर, केही प्रतिनिधीको आधारमा सम्पूर्ण मुस्लिमहरुलाई शंकास्पद, फरक नजरले हेर्नु भनेको विश्वस्तरमा हिन्दु मुस्लिमबीच सम्प्रदायिक विवादको वीजारोपण गर्नु हो ।

    उचित समयमा नै समाजका व्यक्तित्वहरु, सञ्चारकर्मि, सामाजिक कार्यकर्ता, सरकारले ग्रासरुट लेभलमा हालको यथास्थितिको अध्ययन गरी हिन्दु-मुस्लिम बीच हरेक दिन द्रुत गतीमा बढदै गइरहेका समवेगताम्क दुरी र शंकास्प्द नजरको समीक्षा गरी यसमाथि नियन्त्रण गर्ने अभ्यासहरुको थालनी गर्नु पर्छ।

    यदि समयमा नै नियन्त्रण गरिएन भन्ने विभिन्न ठाउँ ठाउँमा हिन्दु –मुस्लिमबीच विवाद हुदै सम्पूर्ण विश्वमा हिन्दु-मुस्लिमवीच साम्प्रदायिक लडाई समेत हुन सक्नेछ।

    तसर्थ सबै जना साम्प्रदायिक बुझाइ को अन्त्य गरि एक साथ कोरोना विरुद्धको लडाई लडनु पर्छ । यो हिन्दु मुस्लिमबीचको लडाई हैन । यो भाइरस र मानबबीचको लडाई हो। सबै जना सामूहिक रुपमा लडे मात्र यो मृत्यूरुपी कोरोना भाइरसमाथि विजय सम्भब छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार