Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘स्थानीय उत्पादनको बजारीकरण’

    ‘स्थानीय उत्पादनको बजारीकरण’

    अनलाइन नेपाल
  • मंगलबार, २३ बैशाख २०७७
  • 3.8K
    SHARES

    काठमाडाैँ। राजधानी वरपरका जिल्लाबाट कृषि उपज भित्र्याउनेतर्फ विशेष पहल भइरहेकाे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताएका छन्।

    स्थानीय उत्पादन दूध, तरकारी, फलफूल सहजरूपमा ल्याउन पहल गरिएको जानकारी दिँदै उनले कृषकको उत्पदन सहजरूपमा भित्र्याउन स्थानीय तह र स्थानीय जिल्ला प्रशासनसँग समन्वय गरिएको मन्त्री भट्टले जानकारी दिए ।



    धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर र नवलपरासीका उत्पादन ल्याउन स्थानीय सहकारी संस्थालाई पनि अनुरोध गरिएको र आपूर्ति प्रणाली सहज बनाउन विशेष प्रणाली स्थापना गरिएको उनको भनाइ छ । रासस



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार