Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • काठमाडाैंमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, डिएसपीसहित चार जना घाइते

    काठमाडाैंमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, डिएसपीसहित चार जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । काठमाडौंको सिंहदरबार अगाडि शुक्रबार अपरान्ह ठुलो संख्यामा चिनियाँ नागरिकको हुल देखियो । करिब ३० भन्दा बढीकाे समुहमा रहेका चिनियाँ नागरिकलाई पछ्याउदैं गर्दा उनीहरु सिंहदरबार अगाडि पुगेर रोकिए ।

    र त्यहाँ स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै उनीहरू धर्नामा बसे। साेही क्रममा चिनियाँ नागरिक र प्रहरीबीच झडप समेत भएकाे छ । विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।



    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र राठौरका अनुसार, सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरुले प्रहरीलाई ढुंगामुढा गरेको उनको भनाइ छ ।



    त्यसक्रममा ३३ जनै चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् घाइतेको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

    ‘हामी घर फर्कँन चाहन्छौं’ लेखिएको प्लेकार्डसहित आएका उनीहरु घर फर्कँने मागलाई प्रभावकारी बनाउन पर्यटन बोर्डमा धर्ना दिन आएका थिए । काठमाडौंको ठमेल आसपासमा बसोबास गर्दै आएका उनीहरु लकडाउनका कारण नेपालमा अलपत्र परेको भन्दै सुरक्षित रुपमा घर फर्काँइदिन माग गर्दै आएका छन् । धर्नामा सहभागी एक चिनियाँका अनुसार नेपालमा रहेको चिनियाँ राजदुताबासले गुनासो सुनुवाइ नगरेपछि सामूहिक रुपमा भेला भएर सिंहदरबार अगाडि धर्ना दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार