Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रहरी कुट्ने चिनियाँ नागरिकलाई ५ हजार धरौटी

    प्रहरी कुट्ने चिनियाँ नागरिकलाई ५ हजार धरौटी

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौं । घर फिर्तीको माग गर्दै प्रदर्शनका बेला डिउटीमा रहेका प्रहरीलाई कुट्ने चिनियाँ नागरिकहरु छुटेका छन् ।

    सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा २६ वैशाखमा उनीहरु पक्राउ परेका थिए ।



    जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज उनीहरुलाई पाँच हजार धरौटीमा छाड्न आदेश दिएको हो ।



    उनीहरु आजै छुटिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रदर्शनका बेला नियन्त्रण लिन खोज्दा चिनियाँ नागरिकले प्रहरीलाई कुटेका थिए । त्यसक्रममा सिंहदरबार प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र एक जना प्रहरी जवान घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार