Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • बुढेसकालमा याैन सन्तुष्टि कसरी लिने ?

    बुढेसकालमा याैन सन्तुष्टि कसरी लिने ?

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 5.8K
    SHARES

    मेरो नाम हरिकला हाे। उमेरले म ५६ वर्ष भए । म दुई वर्षदेखि प्रोस्टेटको बिमारीले पीडित छु । डाक्टरको सल्लाहअनुसार औषधि खाँदै छु । तर, डाक्टरले अपरेसन गर्नुपर्छ भन्नुहुन्छ । अहिले मेरो सेक्स गर्ने शक्ति पनि घटेको छ । सेक्स गरेपछि वीर्य स्खलन नभई फर्केजस्तो हुन्छ । अपरेसन गरैंभने मेरो सेक्स पावरमा कुनै गडबडी हुन्छ कि भन्ने डर छ मलाई । मैले कस्तो खालको अपरेसन गर्नु ठीक हुन्छ ? मलाई मार्गदर्शन गर्नुहोला ।

    उमेर ढल्किँदै गएपछि पुरुषहरूलाई प्रोस्टेटको समस्याले दुःख दिन्छ । प्रोस्टेट ग्रन्थि, मुत्र थैलीको मुनि हुन्छ र यसले पिसाब बग्ने नलीलाई छोपेर राखेको हुन्छ । प्रोस्टेटमा समस्या देखियो भने सुरुमा पिसाब फेर्दा असजिलो हुँदै जान्छ ।



    जस्तोः पिसाब फेर्न सुरु गर्न गाह्रो हुनु, एकचोटि पिसाब सुरु भए पछि रोक्न गाह्रो हुनु आदि । उमरेसँगै प्रोस्टेट पनि ठूलो हुँदै जान्छ । प्रोस्टेट ठूलो हुन नदिन र पिसाब गर्दा समस्या नहोस् भनी औषधिद्वारा उपचार सुरु गरिन्छ । यदि औषधिबाट निको भएन भने अपरेसन गर्नु नै जाती हुन्छ । अपरेसन गर्नको लागि तीनचारवटा विकल्प छन् । तपाईँको प्रोस्टेटको अवस्थाअनुसार जाँच गरेर निधो गरिन्छ । त्यसको लागि यहाँले युरोलोजिस्टसँग छलफल गर्नुपर्छ ।



    प्रोस्टेटको समस्या भएकाहरूले आफ्नो दैनिकीमा केही फेरबदल गर्दा केही फाइदा पुग्छ । राती सुत्नुभन्दा एकदुई घण्टा अगाडिदेखि पानी नखाँदा राती­राती उठ्ने समस्याबाट बच्न सकिन्छ । पिसाब गर्न मन लाग्नेबित्तिकै अथवा एउटै समयमा पिसाब गर्ने बानीले पनि सहयोग गर्छ ।

    तपाईँलाई भएको प्रोस्टेटको उपचार गर्नैपर्छ । त्यसका लागि आफ्नो युरोलोजिस्टसँग भेटेर समस्याको निदान गर्नुहोला । उहाँले नै प्रोस्टेटको अवस्था हेरेर तीनचार विकल्पमध्ये उपयुक्त अपरेसन गर्नुहुनेछ । जस्तै, टियुआरपी ।

    प्रोस्टेटसम्बन्धी उपचार गरेपछि ७०­८० प्रतिशतमा यौन समस्या आउँछ । जस्तै, इरेक्सन राम्रो न हुने, रेट्रोग्रेड इजाकुलेसन हुने, चरमसुखमा फरक हुने आदि समस्या देखिन्छन् । यी समस्याको प्रोस्टेटको उपचारपछिमात्र लक्षण हेरी उपचार गरिन्छ । त्यसकारणले प्रोस्टेटसम्बन्धी अपरेसनपछि यौनसम्बन्धी समस्या हुनसक्छ । त्यसका लागि प्रोस्टेटको उपचारपछि मात्र यौन समस्याको उपचार गर्नुपर्छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार