Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • हेलिकप्टरमा विरामी ओसार्ने ग्राण्डीले आफ्नै कर्मचारीको उपचार गरेन

    हेलिकप्टरमा विरामी ओसार्ने ग्राण्डीले आफ्नै कर्मचारीको उपचार गरेन

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । शनिबार विहान कोरोना संक्रमित पुष्टि भएकामध्ये एक थिए, निजी क्षेत्रकै सुविधा सम्पन्न दावी गर्ने ग्राण्डी इन्टरनेशन अस्पतालका कर्मचारी ।

    ग्राण्डी अस्पतालको प्याथोलोजी ल्यार्बमा काम गर्ने ति ३५ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल नै सिल गरियो ।



    तर, आफूलाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल दावी गर्दै आएको ग्राण्डीले ति आफ्नै कर्मचारीको उपचार भने गरेन ।



    नेपालका कुना काप्चामा रहेका धनाड्य विरामीहरुलाई एयर एम्बुलेन्समार्फत आफ्नै अस्पतालमा उपचार गराउन ल्याउने ग्राण्डीले किन आफ्नै कर्मचारीकाे उपचार गरेर ? प्रश्न गम्भिर र सोचनिय पनि छ ।

    नेतादेखि धनाड्य विरामीहरुलाई ओसार्न ग्राण्डीको अस्पतालमै हेलिप्याडसमेत छ।

    यद्यपी ग्राण्डी अस्पतालका अध्यक्ष दीपक कुँवरले भने कोभिड–१९ का सम्भावित बिरामीको उपचार गर्न गत चैत दोस्रो साता ३० शय्याको निगरानी कक्ष (क्वारेन्टाइन) स्थापना गरेकोे जनकारी गराएका थिए ।

    त्यसो त त्यति बेला नै ग्राण्डीले कोरोना भाइरसको उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीलाई गाँस, बासका साथै विशेष आइसोलेसन कोठा व्यवस्था गरेको जनाएको थियो।

    तर, अहिले आएर तिनै कुँवरले आफ्नै कोरोना संक्रमित कर्मचारीलाई भने जबरजस्ती पाटन पठाएका छन् ।

    ति कर्मचारीको अहिले पाटन अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । आफ्नै कर्मचारीको समेत उपचार नगर्ने ग्राण्डीले अब सर्वसाधरणको उपचार गर्ला भनेर कसरी विश्वास गर्न सकिन्छ ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार