Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कांग्रेसद्वारा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ। नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिनुपर्ने प्रस्ताव आएपछि यस्तो निर्णय भएकाे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरेर नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ’, प्रवक्ता शर्माले बैठकपछि ट्विटरमा लेखेका छन्, ‘केन्द्रीय समितिमा सुस्पष्ट प्रस्ताव।’

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077