Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन

    विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापन र कोरोना संक्रमण बढी भएको स्थानमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।



    सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ ।



    मन्त्रिपरिषद् बैठक बस्नु अघि  सुरक्षाा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार