Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

काँग्रेसको बैठकमा नाकाबन्दीको पनि कुरा उठ्यो, भारतीय रवैयाको बिरोध

काठमाडौं । शनिवार दिउँसोबाट शुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। केन्द्रीय समितिको बैठकले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सालाई संविधानको अंग बनाउने प्रस्तावमा के गर्ने भन्ने विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक बसेको थियो।

सभापति शेरबहादुर देउवाले संसदीय दललाई प्रस्तावको पक्षमा मत हाल्न निर्देशन दिएसंगै उक्त निर्णय भएको हो । बैठकले नेपाल र भारतबीचको सीमा विवाद समाधानका लागि कूटनीतिक संवाद जारी राख्नु पर्ने पनि निर्णय गरेको छ ।

बैठकमा  चीनसमेतको त्रिपक्षीय वार्ताका लागि कांग्रेसले धारणा बनाउनु पर्ने कुरा उठे पनि  चीनलाई बिबादमा  जोड्न नहुनेमा अधिकांशले जोड दिएका थिए।

अधिकांश केन्द्रीय सदस्यहरुले भारतले नाकाबन्दी गर्दा कांग्रेसले नाकाबन्दीसमेत भन्न नसकेकाले निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपरेको भन्दै फेरि त्यस्तै गल्ती दोहोर्‍याउन नहुने बताएका थिए ।

बैठकपछि काँग्रेस केन्द्रीय सदस्य  गगन थापाले ट्वीट गर्दै भनेका छन् -'बैठक सकियो।परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन।'

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077