Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • असार १ गतेबाट पठनपाठन सुचारु हुने , सामुदायिक स्कुलको बिषयमा बोले मन्त्री

    असार १ गतेबाट पठनपाठन सुचारु हुने , सामुदायिक स्कुलको बिषयमा बोले मन्त्री

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 4.2K
    SHARES

    काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै  आगामी असार १ गतेबाट पठनपाठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेका छन्।

    लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको मन्त्री  पोखरेलले जनाएका छन् ।



    मन्त्री पोखरेले विज्ञप्तिमा भनेका छन् , ‘सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु,।’



    पोखरेलले सामुदायिक विद्यालयको पूर्वधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने कार्यक्रम आफूले प्रस्ताव नगरेको पनि जनाएका छन्

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार