Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतको आकाशमा चिनियाँ लडाकु विमानको गस्ती

    भारतको आकाशमा चिनियाँ लडाकु विमानको गस्ती

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 7.2K
    SHARES

    काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले भारतसँग जोडिएको तिब्बतको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेको छ ।

    चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले सैन्य अभ्यास गरेका उल्लेख गरेपछि भारतीय सञ्चारमाध्यमहरुले पनि चिनियाँ जनमुक्ति सेनाले रातको समयमा युद्ध अभ्यास गरेको भन्दै भारतको तर्फबाट पनि जवाफ दिने कोसिस भइरहेको उल्लेख गरेका छन् ।



    पछिल्लो समय भारत–चीन सीमावर्ती क्षेत्रमा जारी तनाव थप बढ्न थालेको छ ।



    चिनियाँ टेलिभिजन च्यानल सिसिटिभीले उक्त सैन्य अभ्यासको फुटेज पनि देखाएको छ ।

    लद्दाखको चिनियाँ क्षेत्रमा लडाकू जहाजले पनि गस्ती सुरु गरेका छन् ।

    चिनियाँ वायु सेनाले जे सेभेन र जे सेभेन्टिन जस्ता लडाकू जहाजको प्रयोग गरिरहेको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार