Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रभु बैंकको बैंकिङ प्रणालीमा समस्या, बन्दाबन्दीमा ग्राहकको खाता नम्वर परिवर्तन गरिनु शंकास्पद

    प्रभु बैंकको बैंकिङ प्रणालीमा समस्या, बन्दाबन्दीमा ग्राहकको खाता नम्वर परिवर्तन गरिनु शंकास्पद

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 4.6K
    SHARES

    काठमाडौं। लकडाउनको समयमा ‘क’ वर्गको प्रभु बैंकले अनावश्यक रुपमा ग्राहकको खाता नम्बर नै परिवर्तन गरेपछि बैंकमाथि शंका उपशंका उब्जिएको छ।

    कोरोना भाइरस (कोभिड -१९) को संभावित महामारी रोक्न नेपाल यतिबेला पूर्ण लकडाउनमा छ । ७२ दिनदेखि नागरिकहरु घरबाहिर निष्कन पाएका छैनन। तर, यहि अवधिमा  प्रभु बैंकले भने सेवाग्राहीदेखि ग्राहकलाई हैरानी दिएको हो ।



    प्रभु बैंकले ग्राहकको एकाउन्ट नम्बर मनोमानी रुपमा परिवर्तन  गरेको  छ । बैंकिङ सिस्टम माइग्रेसेनलाई कारण देखाउँदै प्रभु बैंकले ग्राहकको एकाउन्ट नम्बर परिवर्तन गरेको पाइएको हो ।



    स्रोतका अनुसार प्रभु बैंकको बैंकिङ प्रणालीमा समस्या आएपछि ग्राहकले हैरानी खेप्नु परेको छ । ग्राहकको खाता नम्बर परिवर्तन भएपछि चेकबुक, एटिएम कार्डदेखि इन्टरनेट बैंकिङसम्म प्रभावित बनेको छ ।

    ग्राहकहरुले एकाउन्ट नम्बर परिवर्तनपछि आफ्नो खातामा रहेको बचत रकमलाई लिएर समेत विभिन्न आशंका गरेका छन् । खाता नम्बर परिवर्तनबारे प्रभु बैंकले आधिकारीक रुपमा कुनै जानकारी भने दिएको छैन ।

    बैंकबाट रकम झिकेपछि अहिले बैंक खातामा कति रकम बाँकी छ भन्ने सुचना समेत नआउने एक ग्राहकले गुनासो गरे।

    ‘हाम्रो खाता नम्बर नै अनावश्यक रुपमा परिवर्तन भइरहेको छ । यसले हाम्रो खातामा रहेको बचत रकममा समेत तलमाथि हुने होकी भन्ने हामीलाई आशंका छ,’ प्रभु बैंकका एक खातावाला भन्छन्,‘एकातिर कोरोनाको डर छ अर्को तिर हामीले रकम जम्मा गरेको रकमको बारेमा बैंक देखि डर लाग्न थालेको छ ।’ बन्दाबन्दी भएको बेला किन खाता नम्बर परिवर्तन गरियो ? बैंकले प्रस्ट जवाफ दिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार