Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एक महिनामा दुई पटक सुत्केरी!

    एक महिनामा दुई पटक सुत्केरी!

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 4.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । प्रकृतिको चमत्कारका अगाडि विज्ञानले फेल खान्छ । हालै बंगलादेशमा एकजना महिलाले यो कुरालाई पुष्टि गरिदिएकी छन् । ती महिला एक महिनाभित्रैमा तीन पटक आमा बनेकी छन् । कुनै पनि महिलाले एक महिनाभित्रैमा दुई पटक सुत्केरी भएर तीनवटा बच्चा जन्माएको घटना विश्वमै पहिलो पटक भएको बताइएको छ ।

    ती महिलाको नाम आरिफा सुल्तान हो । उनको उमेर २० वर्षको छ । आरिफाले नर्मल डेलिभरीबाट पहिलो बच्चा जन्माइन् । छोरा जन्माएर अस्पतालबाट घर फर्किएको २६ औं दिनमा उनको पेट अचानक दुख्न थाल्यो । त्यसपछि उनलाई चेकजाँचका लागि अस्पताल लगियो ।



    जब डाक्टरहरूले उनको पेटको अल्ट्रासोनोग्राफी गरे सबैजना तीनछक परे । किनकि, उनको पेटमा थप दुईवटा बच्चा थिए । उनको तत्कालै शल्यक्रिया गरी गर्भमा रहेका जुम्ल्याहा बच्चा बाहिर निकालियो ।



    पेटमा तीनवटा बच्चा हुँदाहुँदै पनि डाक्टरहरुले किन सुरुमै पत्ता लगाएनन् ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । डाक्टरहरूका अनुसार उनको शरीरमा दुईवटा गर्भाशय छन् । पहिलो बच्चा र पछिल्लो पटक जन्मिएका जुम्ल्याहा छुट्टाछुट्टै गर्भाशयमा रहेका थिए । समाचार अनुसार, आरिफा र उनका तीनवटै बच्चा पूर्ण रूपमा स्वस्थ छन् ।
    -एजेन्सीको सहयोगमा

    Post Views: 14

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार