Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हाम्रो गल्ती छैन : चीन, उचित उत्तर दिन सक्षम छौं : भारत

    हाम्रो गल्ती छैन : चीन, उचित उत्तर दिन सक्षम छौं : भारत

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । भारतसँगको झडपछि चीनले सीमामा फेरि झडप होस् भन्ने नचाहेको जनाएको छ।

    सोमबार राति भएको झडपमा चीनको गल्ती नरेहेको भन्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हउ लिजियनले कुटनीतिक र सैन्य च्यानलबाट छलफल भइरहेको जनाएका छन् ।



    मन्त्रालयले भारतीय सेना गालवन क्षेत्रको चिनियाँ भूमिमा प्रवेश गरेपछि दुवै पक्षबीच झडप भएको समेत उल्लेख गरेको छ ।



    ‘उक्त झडपमा सही र गलत बारे सबै प्रस्ट छ। त्यो घटना चिनियाँ क्षेत्रमा रहेको लाइन अफ एकच्युल कन्ट्रोलमा भएको हो। त्यसमा चीनलाई आरोप लगाउन पाइदैन।’

    उनले भारतलाई आफ्नो सेनालाई सीमा क्षेत्रमा निर्धारित क्षेत्रमा राख्न आग्रह समेत गरेका छन्।

    गलवान क्षेत्रमा सोमबार राति भएको दुवै देशका सेनाबीचको झडपमा भारतबाट २० जना सैनिकको मृत्यु भएको थियो।

    यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने एक भिडियो सन्देशमार्फत भारतले शान्ति चाहेको बताएका छन् ।

    उनले भनेका छन्–‘भारत शान्ति चाहन्छ । तर, जब कसैले उक्साउँछ भने जस्तोसुकै परिस्थितिमा पनि भारत उचित उत्तर दिन सक्षम छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार