Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यस्तो देखियो आजको खण्डग्रास सूर्यग्रहण (फाेटाे फिचर)

    यस्तो देखियो आजको खण्डग्रास सूर्यग्रहण (फाेटाे फिचर)

    अनलाइन नेपाल
  • आइतबार, ७ असार २०७७
  • 6.6K
    SHARES

    काठमाडौं । आज आषाढ कृष्ण औंशी अर्थात् आसार ७ गते आइतबार तदनुसार २१ जुनका दिन खण्डग्रास सूर्यग्रहण लाग्यो ।

    नेपाली समय अनुसार बिहानको १० बजेर ५० मिनेटमा शुरु अर्थात स्पर्ष भएको सूर्यग्रहण मध्यान्हको १२ बजेर ३८ मिनेटमा मध्य भएको थियो भने अपरान्ह २ बजेर २३ मा सकिएको अर्थात मोक्ष भएको थियो ।



    सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहेको थियो । आजको खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई पूर्वमा मोक्ष भएको थियो ।



    यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, चीन, थाईलैंड लगायत एशियाका सबै देश, दक्षिण/पूर्वी युरोप, सऊदी अरब, यूऐई, कांगो, इथियोपिया, अफ्रीकाको केही स्थानबाट देखिएको थियो ।

    काठमाडाैंबाट देखिएकाे सूर्यग्रहण

    उत्तरी अमेरिका, दक्षिण अमेरिका महाद्वीप, ऑस्ट्रेलिया महाद्वीपको अधिकांश ठाउँ, बेलायत, फ्रांस, इटाली, जर्मनी, स्पेन र अन्य यूरोपीय महाद्वीपबाट भने यो सूर्यग्रहण देखिएको थिएन ।

    बैज्ञानिक कारणले पनि नांगो आँखाले हेर्न नहुने र धार्मिक कारणले १२ राशीमध्ये चार राशीले मात्र हेर्न मिल्ने सूर्यग्रहण यस्तो देखिएको थियो ।

    चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ। मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ।

    आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्छ। सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हुँदैन। सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ।

    ग्रहण हेर्न बनाइएको विशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुन्न। सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो।

     

    तस्विरहरू केही भारत र केही चीनबाट खिचिएका हुन् ।

     

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार