Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एकै दिन दुई इन्स्पेक्टर पक्राउले आईजीपी ज्ञवालीलाई ठूलो धक्का

    एकै दिन दुई इन्स्पेक्टर पक्राउले आईजीपी ज्ञवालीलाई ठूलो धक्का

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 12.5K
    SHARES

    काठमाडौं ।  अबकाशको मुखमा रहेका नेपाल प्रहरीका आईजीपी ठाकुरप्रसाद ज्ञवालीलाई ठूलो धक्का लागेको छ। दुई दिनमा मात्र चार जना प्रहरी नै घुसखोरी,लुटपाट र लागूऔषध ओसारपसारमा पक्राउ परेपछि आईजीपी  ज्ञवालीको चेन अफ कमाण्डमाथि प्रश्न चिन्ह खडा भएको छ ।

    बुधबार न्यूरोडका ब्यापारीको १० लुटपाटमा गरेको आरोपमा २ प्रहरी पक्राउ परे।  काठमाडौं प्रहरी परिसरका घुमुवा धिरेन बिष्ट र २ नम्बर गण महाराजगंजमा कार्यरत सिपाही गणेश चन्द न्यूरोडका ब्यापारी विकास अग्रवालको १० लाख रुपैयाँ लुटेको आरोपमा पक्राउ परेका थिए ।



    बिष्ट लामो समयदेखि परिसरका हाकिम र मेट्रोका डिआईजीलाई रिझाएर परिसरमा राज गर्दै आएका थिए।



    बिहीबार ललितपुर प्रहरीका इन्स्पेक्टर रुद्र शाही लागूऔषध ओसारपसारको आरोपमा पक्राउ परे । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले कार्यालयबाटै पक्राउ गरेको हो । शाहीले आफ्नै कारमा तराईबाट कोरेक्स नामक लागूऔषध ल्याउने क्रममा ब्यूरोले पक्राउ गरेको हो । शाहीले तीन बोरो कोरोक्स आफ्नो गाडीमा राखेर तस्करी गरेका थिए । इन्सपेक्टर शाही लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको खुलेको छ ।

    त्यस्तै बिहीबारै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत  प्रहरी निरीक्षक प्रकाशजंग कार्की ५० हजार घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्स्पेक्टर कार्की र कानुन व्यवसायी हिमालयविक्रम विष्टलाई पक्राउ गरेको जानकारी दिएको छ ।

    अख्तियारले कानुन व्यवसायी विष्टको कार्यालयमा छापा हानेको थियो । सोही क्रममा दुवै जनालाई ५० हजार घुससहित रंगेहात पक्राउ गरिएको बिष्टको भनाइ छ । जबर्जस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

    दुई दिनको बीचमा प्रहरी नै लुटपाट, घुसखोरी र लागूऔषध ओसारपसारमा पक्राउ परेपछि आइजीपी ज्ञवालीलाई अबकाशको मुखमा नराम्रोसँग झट्का लागेको छ।  असार २५ गते अबकास हुन लागेका ज्ञवालीमाथि नैतिक प्रश्न समेत उठेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार