Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अदालतले इन्सपेक्टर शाहीलाई हिरासतमा राख्न दियाे अनुमति

    अदालतले इन्सपेक्टर शाहीलाई हिरासतमा राख्न दियाे अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 4.5K
    SHARES

    काठमाडौँ । जिल्ला अदालत, काठमाडौँले लागूऔषध कारोबारीसँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्सपेक्टर) रुद्र शाहीलाई थप ७ दिन हिरासतमा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ ।

    बिहीबार इन्सपेक्टर शाहीलाई लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर (एनसीर्बी)ले ललितपुर परिसरबाटै पक्राउ गरेको थियो । पक्राउ परेका इन्सपेक्टर शाहीलाई जिल्ला अदालतले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो ।



    इन्सपेक्टर शाहीसँगै उदयपुरका एलिसन बस्नेत, बर्दियाका सन्तोषकुमार शाह, काठमाडौंका भुपेश शेरचन र अभियान थपलियासमेत पक्राउ परेका छन् । उनीहरुको साथबाट लागूऔषध समेत बरामद भएको प्रहरीले जनाएको छ ।



    अन्य आरोपितविरुद्ध भने १० दिन म्याद थप भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार