Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कुटनीतिक आचरण विपरीत भारतीय राजदूतावासको गाेप्य भेला

    कुटनीतिक आचरण विपरीत भारतीय राजदूतावासको गाेप्य भेला

    अनलाइन नेपाल
  • शनिबार, १३ असार २०७७
  • 4.5K
    SHARES

    काठमाडौं ।  नेपालस्थित भारतीय राजदूतावासले राजनीतिक सक्रियता बढाएको छ । सरकारले लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेर दुवै सदनबाट संविधान समेत संशाेधन गरेपछि आत्तिएको भारतले दुताबसको संयोजनमा बिहीबार साँझ मधेसवादी दलका नेता र राजपरिवारका सदस्यसहित रात्रिभोज आयोजना गरेको हो ।

    नेपाल छाडेर भारत फर्किन लागेका अजय कुमारले मुख्यमन्त्री राउतसहितका नेताहरूलाई काठमाडौंको होटेल भिभान्तमा बिहीबार राति भोज आयोजना गरेका हुन् ।



    सरकारले लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई बुधबार शीतल निवास बोलाएर धन्यवाद दिएको भोलिपल्टै भारतीय दूतावासले मधेसवादी दलका नेता र राजपरिवारका सदस्यलाई निम्त्याएर बिहीबार साँझ होटल भिभान्तमा रात्रिभोज आयोजना गरेको हो ।



    राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता एवम् प्रतिनिधि सभाका सांसद लक्षमणलाल कर्णले भारतीय राजदूतावासका डीसीएम अजय कुमार विदा भएर स्वदेश फर्किन लागेकाले रात्रिभोज गरिएको बताए ।

    राउतले आफ्ना कानूनी सल्लाहाकार अर्थात प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झालाई साथमा लिएर गएका थिए ।

    रात्रिभोजमा पूर्वराजपरिवारका केही सदस्यहरूको पनि सहभागिता रहेको जनाइएको छ । रात्रिभोजमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, पूर्वमन्त्री मोहम्मद ईस्तियाक राई, लक्ष्मणलाल कर्ण, प्रदीप यादव, प्रदेश २ का मुख्यन्याधीवक्ता दीपेन्द्र झा, पूर्व राजपरिवारका नातेदार राजबहादुर सिंह, कपिल राणा, राहुल चौधरी लगायत सहभागिता रहेको स्रोतले जनाएको छ ।

    यसरी राजदूत र दूतावासका कर्मचारीले राजनीतिक सक्रियता बढाउनु कुटनीतिक आचरण विपरीत मानिन्छ । जमघटमा नेपालको संसदबाट पास हुन लागेको नागरिकता विधेयक र त्यसको प्रावधानबारे समेत छलफल भएको स्रोतले बताएको छ ।

    राज्य व्यवस्था समितिले वैवाहिक अंगिकृत नागरिकताको हकमा ७ वर्षको प्रावधान राखेपछि जनता समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गर्दै आएका छन् । तर सत्तारुढ दल नेकपाले भने यसलाई स्वागत गर्दै छिटो संसदबाट पारित गराउन सरकारलाई आग्रह गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार