Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रहरीमा घुसखोरी बढ्यो, अबकाशको मुखमा बद्ननाम भए आईजीपी  

    प्रहरीमा घुसखोरी बढ्यो, अबकाशको मुखमा बद्ननाम भए आईजीपी  

    अनलाइन नेपाल
  • शनिबार, १३ असार २०७७
  • 3.7K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले आचरण विपरित काम गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याई कारवाही गरिने वताएका छन्।

    केही दिन यता प्रहरीहरु घुसखोरी,लुटपाट र लागूऔषध ओसारपसारमा पक्राउ परेपछि आईजीपी  ज्ञवालीले सिन्धुपाल्चोकमा नवनिर्मित प्रहरी ब्यारेक भवन तथा भान्साघरको उदघाटनका क्रममा आज आक्रोश पोख्दै आचरण विपरित काम गर्ने प्रहरीलाई कारवाही गरिने चेतावनी दिएका हुन।



    आईजीपी  ज्ञवालीले गुण्डागर्दी, चोरी निकासी, तस्करी जस्ता अपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीले थप सक्रियता देखाउनु पर्नेमा जोड दिए ।  कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको बिषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर विचलित नभई निर्वाह गरेको भूमिकाको भने उनले प्रशंसा गरेका छन् ।



    अबकाशको मुखमा बद्ननाम भए आईजीपी  

    नेपाल प्रहरीमा भ्रष्टाचार र आपराधिक कृयाकलाप एकाएक बढेर गएको छ । प्रहरी अधिकारीहरु नै लागूऔषध र घुस प्रकरणमा पक्राउ परेको घटना सेलाउन नपाउँदै २ नम्बर प्रदेशमा पनि तीन जना प्रहरी निलम्वित भएका छन् ।

    आचरण विपरित काम गरेको अभियोगमा दुई नम्बर प्रदेश प्रहरीले इप्रका पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत असई ललित साह र प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरेको छ  ।

    त्यस्तै इप्रका देवाही गौनाही रौतहट दरबन्दी भई प्रहरी चौकी ब्रम्हपुरी रौतहटमा कार्यरत असई सञ्जयकुमार झा पनि आचरण विपरित काम गरेको अभियोगमा निलम्बन भएका छन् ।

    चार दिनमा मात्र चार जना प्रहरी नै घुसखोरी,लुटपाट र लागूऔषध ओसारपसारमा पक्राउ परेपछि आईजीपी  ज्ञवालीको चेन अफ कमाण्डमाथि प्रश्न चिन्ह खडा भएको छ ।

    बुधबार न्यूरोडका ब्यापारीको १० लुटपाटमा गरेको आरोपमा २ प्रहरी पक्राउ परे।  काठमाडौं प्रहरी परिसरका घुमुवा धिरेन बिष्ट र २ नम्बर गण महाराजगंजमा कार्यरत सिपाही गणेश चन्द न्यूरोडका ब्यापारी विकास अग्रवालको १० लाख रुपैयाँ लुटेको आरोपमा पक्राउ परेका थिए ।

    बिहीबार ललितपुर प्रहरीका इन्स्पेक्टर रुद्र शाही लागूऔषध ओसारपसारको आरोपमा पक्राउ परे । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले कार्यालयबाटै पक्राउ गरेको हो ।

    शाहीले आफ्नै कारमा तराईबाट कोरेक्स नामक लागूऔषध ल्याउने क्रममा ब्यूरोले पक्राउ गरेको हो । त्यस्तै बिहीबारै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत  प्रहरी निरीक्षक प्रकाशजंग कार्की ५० हजार घुससहित पक्राउ परेका थिए ।

    यि सबै घटनाको कारण भने आईजीपी  ज्ञवालीको कमजोर चेन अफ कमाण्ड हो।

    आईजीपी  ज्ञवाली आगामी असार २५ मा अबकाश हुँदै छन्। उनको कार्यकालमा कुनै उल्लेखनिय काम नभए पनि प्रहरीमा घुसखोरी, लुटपाट र आपराधिक क्रियाकलाप भने बढेर गएको छ। निर्मला पन्त प्रकरणमा उनले किन जोखिम मोल्ने भन्दै अनुसन्धान प्रक्रिया नै रोकेको प्रहरी अधिकारीहरु वताउँछन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार