Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चितवन मेडिकल कलेजमा नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न कोरोना उपचार केन्द्र

    चितवन मेडिकल कलेजमा नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न कोरोना उपचार केन्द्र

    रासस
  • शनिबार, १३ असार २०७७
  • 4.3K
    SHARES

    फाइल फोटो

    चितवन । चितवन मेडिकल कलेजले ३० शैया कोभिड–१९ सघन उपचार कक्ष स्थापना गरेको छ । कोरोना सङ्क्रमण भएकाहरुको उपचारका लागि अस्पतालले सघन उपचार कक्ष स्थापना गरेको हो ।

    सो कक्षको आज रोटरी इन्टरनेशनल वर्ष २०२१/२२ का प्रेसिडेन्ट शेखर मेहता, डिष्ट्रिक्ट ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उद्घाटन गरेका हुन् ।



    मेहताले सामाजिक सञ्जालमार्फत सम्बोधन गरेर र श्रेष्ठ एवं भट्टराई प्रत्यक्ष उपस्थित भएर उद्घाटन गरेका हुन् । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले ३० शैया भेन्टिलेटरसहितको सुविधासम्पन्न सघन उपचार कक्ष हुने बताए।



    भेन्टिलेटरमा रोटरी फाउन्डेशनले सहयोग गरेको हो । डा. न्यौपानेका अनुसार यो सघन उपचार कक्ष कोभिड–१९ उपचारका लागि नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न हुनेछ । हाल चारवटा भेन्टिलेटर भए पनि १५ दिनभित्र ३० वटै भेन्टिलेटर आइपुग्नेछ ।

    स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ उपचारका लागि अनुमति माग गरिएको भन्दै उनले पिसिआर प्रयोगशालासमेत तयारी अवस्थामा रहेको बताए ।

    मन्त्रालयले अनुमति दिएसँगै सघन उपचार कक्ष र प्रयोगशाला सञ्चालनमा आउने उनको भनाइ छ ।

    अस्पतालले  पाँच करोड खर्च गरेर प्रयोगशाला तयारी गरेको होे भने कोभिड–१९ सघन उपचार कक्षका लागि २५ करोड हाराहारी खर्च भएको उनले जानकारी दिए ।

    सोही मेडिकल कलेजका प्राविधिकहरुले अहिले पनि भरतपुर कोभिड–१९ प्रयोगशालामा काम गरिरहेका छन् । यस मेडिकल कलेजले भरतपुर कोरोना अस्पताल, माडी र भरतपुर महानगरपालिका–५ मा शैया उपलब्ध गराएर सहयोग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार