Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नवराज विकलाई मराणेपरान्त ‘समाज सुधार अभियान’ पुरस्कार

    नवराज विकलाई मराणेपरान्त ‘समाज सुधार अभियान’ पुरस्कार

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । रुकुम पश्चिममा भएको घटनामा मारिएका जाजकरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कृत गर्ने भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।



    यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न सुरु गरेको थियो ।



    यस्तै सरकारले अन्य क्षेत्रमा योगदान पु-याएका विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गर्ने भएको छ ।

    पुरस्कारसम्बन्धी पर्यटन मन्त्रालयको विज्ञप्ति यस्तो छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार