Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भुवन केसीले त्यस्तो के गरेका थिए र साम्राज्ञीले पुलिस केस नै गर्नुपर्ने ?

    भुवन केसीले त्यस्तो के गरेका थिए र साम्राज्ञीले पुलिस केस नै गर्नुपर्ने ?

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 6.1K
    SHARES

    काठमाडौं । तीन दिनदेखि उमेरले छोरी समानकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसीबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप (वाकयुद्ध)चलिरहेको छ ।

    तीन दिन अघि नायिका शाहले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाइन् ।



    भिडियोमा उनले तीनवटा फिल्ममा काम गर्दा त्यस फिल्मसँग सम्बन्धित व्यक्तिले दुर्व्यवहार गरेको बताएकी छन् ।



    त्यसको भोलिपल्ट अर्थात हिजो (आईतबार) नायक भुवन केसीले फेरि त्यसको प्रतिवाद गरे ।

    भुवन केसीले आफ्नो फेसबुकमा ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी’ भन्दै स्टाटस लेखे ।

    त्यसलगत्तै फेरि साम्राज्ञीले जापानमा एक अवार्ड कार्यक्रमका क्रममा तिनै व्यक्तिले दुर्व्यवहार गरेको भन्दै अर्को भिडियो सेयर गरिन् । नाम उल्लेख नगरेपनि यो भिडियो हेरेपछि भने साम्राज्ञी नायक केसीलाई नै भनेको भनेर अड्कल लगाउन गारो छैन ।

    किनकी उनले भिडियोमा नायक केसीले लेखेको स्टाटस समेत उल्लेख गरेकी छन् ।

    भिडियोमा साम्राज्ञीले भनेकी छन्–‘मैले पाँच वर्षमा ८ फिल्म गरें । यो दौरान धेरै अवस्था अनि परिस्थिति देखें । मलाई त्यो घट्नाप्रति घृणा लागेको थियो । यस्तो पनि समय आयो जब मलाई दुर्व्यवहार (ह्यारेसमेन्ट) गरियो । सबैजनाको अगाडि त्यो व्यक्ति मेरो अनुहारको मजाक उडाएर हाँस्थ्यो ।

    त्यतिबेला मात्र १७ वर्षको थिएँ म। मैले एक व्यक्तिलाई यसबारे सुनाएँको पनि थिएँ। तर, उहाँले यो उद्योगमाथि तीनीहरुकै नियन्त्रण छ जोसँग शक्ति छ, उनीहरुकै गुटबन्दी छ । यदि उनीहरुले तिमीलाई मन पराउँदिनौं भने फिल्मको अफर पाउँदैनौं भनेर बोल्न दिनुभएन ।’

    त्यसैगरी उनले फिल्मको सुटिङ सेटमै अश्लील शब्दहरुले गालीसमेत गरेको कुरा पनि उक्त भिडियोमा उल्लेख गर्दै त्यसपछिको फिल्ममा म्यानेजमेन्ट राम्रो नपर्दा समयमा खान नपाएको, पानी पनि पिउन नपाएको भन्दा अर्का व्यक्ति एक्कासी आफूमाथि झम्टिन आएको उललेख गरेकी छन् ।

    उनले भनेकी छन्–‘अश्लील गालीहरु सुनाएकी थिइन् । म त्यो व्यवहारले एकदमै छक्क परेको थिएँ। बाथरुममा गएर २ घण्टा रोएँ । फेरि अनुहार धोएर मेकअप लगाएर केही नभएझैं सेटमा गएँ ।’

    तेस्रो फिल्मको व्यक्तिले भने आफूसँग सँधै झुट बोलिरहेको भन्दै उनले भिडियोमा यी तीनै फिल्मका व्यक्तिहरुले नै आफ्नोबारे गलत प्रचार गरिदिएको दावी गरेकी छन् ।

    उनले भनेकी छन्–‘यहाँ सबै नराम्रा छन् भन्न खोजेको होइन । तर, कोही यस्ता नराम्रो व्यक्ति छन् जो शक्तिमा छन् । मैले तीन व्यक्तिसँग काम गरें । मैले त्यो राम्रो अवसर पाएको थिएँ । तर, मैले उनीहरुसँग काम गर्दा जे देखें त्यो कुरासँग म खुशी थिइन ।

    उनीहरुले पछि मलाई फिल्मको अफर ल्याउँदा मैले गरिनँ । त्यसपछि उनीहरुले मेरो बारेमा झुठो बोल्दै हिँडेछन् । अहिले पनि गर्दै हिँड्छन् ।’

    सामाजिक सञ्जालमा यी दुईबीच वाकयुद्ध चलिरहँदा साम्राज्ञीले फेरि अर्को भिडियो सार्वजनिक गरेकी छन् । उनले दुर्व्यवहारबारे आफूले बोल्नै पर्ने लागेपछि बोलेको कुरा भिडियोमा बताएकी छन् ।

    साम्राज्ञीले भिडियोमा भनेको कुरा जस्ताको त्यस्तै
    मलाई त्यो कुरा चित्त बुझेकै थिएन । त्यो अवस्थामा म मात्र थिएँ । मैले भोगेको छु,देखेको छु । मेरो ठाउँमा यदि तपाईहरु कोही हनुहुन्थ्यो भने के थाहा तपाईंहरुले त्यतिबेला नै केही गर्नुहुन्थ्यो होला । तर, त्यतिबेला म बच्चा नै थिएँ । सम्झाउने, बुझाउने थिएन ।

    उहाँहरुले मलाई जतिसुकै नराम्रो गरे पनि त्यो कुरा मिडियामा बोलिनँ । यदि त्यो समयमा जे–जे कुरा भएको छ नि मैले पुलिसलाई बोलाएको थिएँ भने त्यहीँको त्यहीँ पुलिस पनि आउँथ्यो । केस पनि लाग्थ्यो । त्यतिबेला म सही थिएँ । ….

    एकजनाले के भन्नु भएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो पार्‍यो । उहाँले मलाई राम्रो व्यवहार गर्नुहुन्थ्यो भने त्यो ठाउँ आउँथेन । यो अवस्था आएको नै उहाँले गर्दा हो ।

    त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो। त्यो पुरानो कुरा कोट्याएर के फाइदा । यस्तो कुराहरु नगर भनेर मलाई सम्झाउनु भयो । भित्र मलाई घिन लागिरहेको थियो । त्यो कुरा गर्दा पनि टाँस्सिएर, फेरि त्यही व्यवहार । त्यही परभर्ट व्यवहार । गालामै मुख ल्याएर बोलिरहेको थियो । उहाँलाई अंकल भनेको पन पर्दैन । हस दाई भन्दै धकेलिदिएँ । म जे बोल्दै छु यो सबै सत्य हो।

    यदि तपाईंहरु चाहनुहुन्छ यस्तो कुरा मिडियामा नआओस्, कृपया कलाकारको सम्मान गर्नुस् । उनीहरुसँग राम्रो व्यवहार गर्नुस् । हामी अभिनेत्रीहरुलाई सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारको रुपमा प्रचार गरिन्छ तर त्यो सब झुटो हो ।

    साम्राज्ञीको यो भिडियोबाट अभिनेता केसीले उनीमाथि दुव्र्यवहार गरेको प्रष्ट हुन्छ । तर, साम्राज्ञीले भनेका कुरा सबै सत्य हुन त ? यो प्रश्नको उत्तर पनि त खोज्न जरुरी छ । साँच्चिकै भुवन केसीले दुव्र्यवहार गरेका हुन् वा होइनन् त्यो भने पछि खुल्दै जाला ।

    https://www.instagram.com/tv/CB_TBUgnOgu/

    साम्राज्ञीकाे अघिल्लाे भिडियाे

    https://www.instagram.com/tv/CB41ZbwnEG4/

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार