Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भुटानको जमीनमाथि चीनले दाबी गरेपछि विरोध

    भुटानको जमीनमाथि चीनले दाबी गरेपछि विरोध

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 6.5K
    SHARES

    एजेन्सी । चीनले भुटानको जमीनमाथि दाबी गरेको छ । चीनले ग्लोबल इन्भायरोनमेन्ट फसिलिटी काउन्सिलको ५८औं बैठकमा भुटानको जमीनमाथि दाबी गरेको हाे ।

    उक्त परिषदमा चीनको प्रतिनिधि भए पनि भुटानको प्रत्यक्ष प्रतिनिधि चाहिँ कोही पनि थिएन । भुटानको तर्फबाट भारतीय अधिकारी अपर्णा सुब्रमणिले प्रतिनिधित्व गरेकी थिइन् ।



    भुटानले यस विषयमा कडा नोट पठाएको छ । नोटमा लेखिएको छ, ‘साकतेङ वन्यजन्तु आरक्ष भुटानको अखण्ड तथा सार्वभौम भूभाग हो ।’



    जुन महिनाको २ तारिखमा परियोजनागत छलफल चल्दै गर्दा चिनियाँ परिषद्का सदस्य झोङजिङ वाङले भुटानमा रहेको आरक्षमा लगानीमाथि आपत्ति उठाउँदै त्यसलाई औपचारिक रूपमा नोट गर्नुपर्ने बताए । अन्तिम प्रतिवेदनमा त्यसलाई पादटिप्पणीका रूपमा राख्नुपर्ने उनको भनाइ थियो ।

    भुटानको साकतेङ वन्यजन्तु आरक्ष विवादित भूमि भन्दै लगानी गर्ने कामलाई चीनले विरोध गरेको हो । तर विगतमा उक्त भूमिका विषयमा कुनै पनि विवाद थिएन यद्यपि भुटान र चीनबीचको सीमा अझै निर्धारित हुन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार